×

NMB BANK
NIC ASIA

खानी अन्वेषण

नेपालको जमिनमुनि पेट्रोलियम पदार्थको खोजी, सघाउँदै चिनियाँ विशेषज्ञ

कात्तिक ४, २०७६

NTC
Premier Steels

काठमाडौं – खनिज पदार्थको अन्वेषण गर्ने सरकारी निकाय खानी तथा भू–गर्भ विभाग चिनियाँसँग मिलेर पेट्रोलियम पदार्थको खोजीमा लागेको छ ।

Muktinath Bank

चिनियाँ प्राविधिक र उपकरणसहित भू–गर्भ विभाग कर्मचारी पेट्रोलियम पदार्थ उत्खनन्को सम्भावित क्षेत्र पहिचानका लागि दैलेख पुगेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ऐतिहासिक भौगर्भिक अध्ययन र अनुसन्धानबाट दैलेखमा पेट्रोलियम पदार्थको सम्भावना रहेको देखिएकाले अन्वेषण गर्ने कार्य अगाडि बढाइएको विभागको पेट्रोलियम अन्वेषण परियोजना प्रमुख सुधीर रजौरेले बताए । भू–गर्भ विभाग र चिनियाँ जियोलोजिकल सर्वेको संयुक्त अभ्यासमा अनुसन्धान कार्य अगाडि बढेको छ ।


Advertisment
Nabil box
Kumari

कसरी खोजिन्छ पेट्रोल खानी ?

Vianet communication

कुनै पनि क्षेत्रमा पेट्रोलियम पदार्थ अन्वेषण कार्य गर्नुअघि पेट्रोलियम पदार्थ बन्न आवश्यक स्रोत चट्टान रहे/नरहेको खोजी गरिने प्रमुख रजौरेले बताए । ‘हामीसँग प्रमाणको रुपमा दैलेखमा निरन्तर बलिरहेको ग्यास र निस्कने कच्चा तेल भएपनि कुन क्षेत्रमा कति ठूलो परिमाणमा भण्डार रहेको छ भनेर भन्न सकिँदैन,’ उनले भने, ‘भौगर्भिक, भूरसायन र भूभौतिक अध्ययन तथा ड्रिलिङ पश्चात मात्रै पेट्रोलियम पदार्थको भण्डारको स्थितिबारे थाहा हुन्छ ।’

दैलेखको श्रीस्थान मन्दिरमा प्राकृतिक ग्यासबाट बलिरहेको आगो

नेपालमा गरिएका भौगर्भिक अध्ययन तथा अनुसन्धानका आधारमा करीब ५ करोड वर्षअघिसम्म भारतीय भू–खण्ड र एसियन भू–खण्डको बीचमा हालको नेपाल वा हिमालय क्षेत्रले ओगटेको ठाउँमा एक सागर रहेको विश्वास गरिएको उनले बताए । ‘सागरले ओगटेको स्थानहरूमा ठूला–ठूला सेडिमेन्टरी बेसिनहरूको विकास भई पेट्रोलियम पदार्थ बन्नको लागि आवश्यक ढुंगा, माटो, मृत सुक्ष्म जीव तथा सुक्ष्म वनस्पति थुप्रेर उच्च तापक्रम तथा दबाबको उपस्थितिमा कालान्तरमा पेट्रोलियम पदार्थ बनेको हुनसक्ने अनुमान छ,’ परियोजना प्रमुख रजौरेले भने ।

प्रमुख राजौरेका अनुसार भौगर्भिक इतिहासमा अस्तित्वमा रहेका केही खाडल हाल नेपालमा पर्ने भएकाले नेपालमा पेट्रोलियम अन्वेषणको लागि लक्षित स्थान रहेका छन् । ‘भारत र पाकिस्तानमा पेट्रोलियम पदार्थको सम्भावित क्षेत्रको भूगोलसँग दैलेखको भूगोल पनि मिल्दोजुल्दो रहेको छ,’ उनले भने ।

नेपालमा भेटिन्छ त पेट्रोलियम खानी ?

परियोजना प्रमुख रजौरेले सुर्खेतको दक्षिणी भूगोल श्रीस्थानबाट पूर्वपश्चिम र उत्तरदक्षिण १०–१० किलोमिटरको क्षेत्रमा प्रारम्भिक अनुन्धानको काम भइरहेको बताए । ‘खनिजको अनुसन्धानमा भौगोलिक क्षेत्रको किटान गरेर अनुसन्धान हुँदैन र नतिजातर्फ लाग्दा त्यो घट्न वा बढ्न सक्छ,’ उनले भने ।

दैलेखको पादुकास्थान क्षेत्रमा पादुकाखोलामा बगिरहेको सम्भावित कच्चा तेलको मात्रा

चिनियाँ प्राविधिक पक्षको सहभागितामा सामान्य स्थलगत निरीक्षण गर्ने कार्य सकिएको छ । जनसहभागितामा स्थलगत छलफल, क्याम्प राख्ने ठाउँको अध्ययन, बाटोको अवस्थाको अध्ययन, विद्युत्को अवस्थाको अध्ययन र काम कसरी शुरूवात गर्ने भन्ने जस्ता विषयमा अध्ययन भएको प्रमुख रजौरेले बताए ।

‘अब वास्तविक प्रारम्भिक अनुसन्धानको काम शुरू हुन्छ,’ उनले भने, ‘प्रारम्भिक अन्वेषणको लागि आवश्यक तयारी पूरा भएकाले अब साइसामिक सर्वे र म्याग्नेटो टेलोमिक सर्वेको काम अगाडि बढ्छ ।’

विश्वको तथ्यांकलाई केलाउँदा पेट्रोलियम पदार्थ पाइने अनुमान गरिएको क्षेत्रमा ड्रिलिङ गर्दा १० प्रतिशत स्थानमा मात्रै सफलता प्राप्त भएको विभागले जनाएको छ । पेट्रोलियम पदार्थ जमिनको धेरै गहिराइमा पाइने तथा पाइएको पदार्थको भण्डार सानो र धेरै गहिराइ भए आर्थिक र व्यापारिक महत्त्व नहुन प्रमुख रजौरेले बताए । ‘तर आशा गरौं दैलेखमा ठूलो भेटियोस्,’ उनले भने ।

भू–गर्भ विभागले २०४० सालमा दैलेखबाट कार्यालयमा ल्याएर राखेको नमूना

प्रधानमन्त्री केपी ओलीको २०७२ सालमा भएको चीन भ्रमणको क्रममा चीनले नेपालमा पेट्रोलियम पदार्थको अन्वेषणमा सघाउने समझदारी भएको थियो । समझदारी अनुसार भू–गर्भ विभाग र चिनियाँ जियोलोजिकल सर्वेबीच संयुक्त रुपमा पेट्रोलियम पदार्थ अन्वेषण गर्ने कार्यको ३ वर्षे सम्झौता भएको छ । 

सम्झौता बमोजिम सन् २०१९ फेब्रुअरीबाट अन्वेषण कार्य तीव्र रुपमा भइरहेको विभागले जनाएको छ । अन्वेषण कार्यमा लाग्ने सम्पूर्ण खर्च अनुदानको रुपमा चिनियाँ पक्षले नै व्यहोर्ने विभागले जनाएको छ ।

यसअघि तराईका १० ठाउँमा पेट्रोलियम पदार्थ अन्वेषण गर्ने जिम्मेवारी लिएका बेलायत, नेदरल्याण्ड, इटली लगायत देशका संस्थाले समयमा काम नगरेपछि ती क्षेत्रमा अनुसन्धान गर्ने कार्य स्थगित भएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली वायुयान कम्पनीहरूलाई युरोपेली आकाशमा उडान अनुमति दिन युरोपियन युनियन (ईयू) सकारात्मक देखिएको छ ।  ईयूले बुधवार नेपाल नागरिक उडान प्राधिकरण (क्यान)लाई एक पत्र लेख्दै क्यानको नेतृत्वले यही गतिमा ...

कात्तिक २५, २०८०

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...

मंसिर ५, २०८०

​कोका–कोला इन्डियाले आईसीसी मेन्स क्रिकेट वर्ल्डकप २०२३ मा एक विशेष पहलको शुरूवात गरेको छ । कोका–कोलाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँगको साझेदारीमा पूरै रिसाइकल गरिएको पेट बोतलहरू...

माघ २३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनाताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, र...

माघ २९, २०८०

सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूर...

चैत ८, २०८०

काठमाडौँ । गृह मन्त्रालयले आफ्नो विवादित निर्णय सच्याएको छ । साइबर अपराध नियन्त्रणको नाममा पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमलाई कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिने गरी भएको निर्णय विवादमा तानिएप...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x