१३ असार २०८३, शनिबार

मानिसहरुको बारेमा एकै धारणा नबनाउहोस्- आफ्नो जीवन खुलेर यसरी जिउनुस्

असार २१, २०७७
मानिसहरुको बारेमा एकै धारणा नबनाउहोस्- आफ्नो जीवन खुलेर यसरी जिउनुस्

जीवनमा सबभन्दा गाह्रो काम भनेको सरल र सन्तुलित बस्नु हो तर यसो गर्नु असम्भव भने छैन । तपाईं केही कुरालाई आफ्नौ दैनिकीको हिस्सा बनाएर त्यसलाई बानीका रूपमा विकसित गर्न सक्नुहुन्छ । यसो गर्दा तपाईंको जीवन सहज हुन्छ र राम्रो पनि हुन्छ । 

घरमा भेन्टिलेसन राम्रो हुनुपर्छ । झ्यालहरू खुला राख्नुस् जसले गर्दा ताजा हावा र भरपूर उज्यालो आओस् । 

मानिसहरूका बारेमा एउटै धारणा नबनाउनुस् । सबैलाई एउटै तराजुमा नतौलिनुस् । प्रत्येक व्यक्तिको परिस्थिति फरक फरक हुन्छ र उनीहरूले त्यसअनुसार प्रतिक्रिया दिन्छन् । सबै कुरालाई व्यक्तिगत रूपमा नलिनुस् । मजाक सहन पनि सिक्नुस् । यसो नगरेमा तपाईं नकारात्मक मानिसका रूपमा चिनिनुहुनेछ र मानिसहरू तपाईंबाट टाढै बस्न रुचाउँछन् । 

आफ्नो सोच र दृष्टिकोण सधैं सकारात्मक र प्रगतिशील राख्नुस् । नकारात्मक सोच भएका मानिससँग कुराकानी नगर्नुस् । 

व्यस्त जिन्दगीमा टेन्सन भएर तपाईंको हाँसो गायब हुनुभएन । त्यसैले खुलेर हाँस्नुस् । खुलेर हाँस्दा फोक्सो लचिलो हुन्छ र त्यसले ताजा हावा पाउँछ । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्