×

NMB BANK
NIC ASIA

विचौलियाको स्वार्थमा सरकार !

धान खरिदमा उद्योग मन्त्रालयको बदमासी : विचौलियालाई फाइदा पुर्‍याउने प्रपञ्च !

कात्तिक १५, २०७६

NTC
Premier Steels

काठमाडौं – धान उत्पादन गर्ने किसानलाई उचित मूल्य प्राप्त होस् भनेर सरकारले धान खरिद गर्ने गरी तोकेको समर्थन मूल्यको निर्णय कार्यान्वयनमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बदमासी गरेको पाइएको छ ।

Muktinath Bank

राष्ट्रिय सतर्कता केन्द्रले गरेको अनुसन्धानमा गत वर्ष नेपाल खाद्य संस्थानमार्फत सरकारले गरेको धान खरिदमा उद्योग मन्त्रालयले बदमासी गरेको पाइएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन्त्रिपरिषद् बैठकले २०७५ साउन २४ गते धानको समर्थन मूल्य तोक्दै किसानबाट नेपाल खाद्य संस्थानले धाम खरिद गर्ने निर्णय गरेपनि त्यसको झण्डै ३ महिनासम्म मन्त्रालय मौन बसेर विचौलियालाई फाइदा पुर्‍याउने काम गरेको केन्द्रको निष्कर्ष छ । मन्त्रिपरिषद्ले निर्णय गरेको झण्डै ३ महिनापछि कात्तिक १५ गते मात्रै मन्त्रालयले धान खरिद गर्न नेपाल खाद्य संस्थानलाई निर्देशन दिएको पाइएको छ ।


Advertisment
Nabil box
Kumari

साउनमा सरकारले गरेको निर्णय मन्त्रालयको ढिलाइका कारण किसानबाट धान खरिद गर्ने निर्णय मंसिरमा कार्यान्वयनमा आएको छ । किसानले दशैंतिहारको खर्च जुटाउन धान बिक्री गर्ने गर्छन् । गत वर्ष दशैंतिहारमा किसानले कम मूल्यमै निजी क्षेत्रका व्यापारीलाई धान बिक्री गरिसकेपछि मात्रै सरकारले तोकेको मूल्यमा धान खरिद गरेको थियो ।

Vianet communication

मन्त्रिपरिषद्ले साउनमा गरेको धान खरिद गर्ने निर्णय मन्त्रालय, खाद्य संस्थान हुँदै अञ्चल र शाखा कार्यालयमा पुग्न ४ महिना लागेको थियो । त्यतिबेलासम्म अधिकांश किसानले निजी क्षेत्रका व्यापारीलाई धान बेचिसकेका थिए । सतर्कता केन्द्रमा ‘नेपाल सरकारले न्यूनतम समर्थन मूल्य तोकेको तर संस्थानले ब्यापारीहरूसँग मिलोमतो गरी समयमा धान नकिनेर व्यापारीले सस्तो मूल्यमा किसानसँग किनेको र पछि खाद्य संस्थानले ब्यापारी र दलालसँग सोही धान किनेर भ्रष्टाचार गरेकाले छानबिन गरी पाउँ’ भनी उजुरी परेको थियो ।

उद्योग मन्त्रालयको ढिलासुस्ती र प्रपञ्च अनुसार नै खाद्य संस्थानले विचौलियासँग धान खरिद गरेको संकेत गर्दै सतर्कता केन्द्रको निष्कर्ष छ, ‘ एउटै किसानले यति ठूलो परिमाणमा धान उत्पादन गरी बिक्री गर्न सक्ने वास्तविक किसान नै हुन भन्ने आधार नदेखिएको । साथै अञ्चल कार्यालय विराटनगरको खरिद रजिस्टरमा उल्लेख भएका व्यक्तिहरू मध्येबाट केही व्यक्तिहरूसँग फोन सम्पर्क गर्दा निजहरू धान खरिद तथा बिक्री गर्ने ब्यापारी भएको भन्ने बुझिएकाले खाद्य संस्थानले वास्तविक किसानसँग मात्र धान खरिद गरेको हो भन्ने अवस्था देखिएन ।’

वास्तविक किसानले धानको उचित मूल्य पाउन् भनेर सरकारले सोझै किसानबाट धान खरिद गर्ने निर्णय गरेपनि मन्त्रालयको ढिलासुस्तीले विचौलियालाई फाइदा पुगेको छ । सतर्कता केन्द्रको अनुसन्धान प्रतिवेदनमा लेखिएको छ, ‘सरकारले किसानले उत्पादन गरेको धानको उचित मूल्य प्राप्त होस् भन्ने उद्देश्यले समर्थन मूल्य तोकेको कारणबाट धानको मूल्यमा केही बृद्धि भई कृषकलाई अप्रत्यक्ष रुपमा केही फाइदा भएको भएतापनि किसानलाई भन्दा पनि विचौलियालाई नै बढी फाइदा पुगेको देखिन्छ ।’

अध्ययनपछि केन्द्रले सरकारलाई धान खरिदको निर्णय समयमै कार्यान्वयन गर्न सुझाव समेत दिएको छ ।  ‘नेपाल सरकारले मिति साउन २३ गते धानको समर्थन मूल्य तोकेको तर त्यसको कार्यान्वयनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कात्तिक १५ गते नेपाल खाद्य संस्थानमा पठाएको देखाएकोले सम्बन्धित सरोकारवाला निकायले समयमै सरकारको निर्णय कार्यान्वयनमा ध्यान दिनुपर्ने,’ प्रतिवेदनको सुझाव खण्डमा लेखिएको छ, ‘विशेष/छुट्टै निर्णय गरेरभन्दा संस्थानको नियमित कार्यक्रमको रुपमा हरेक वर्षको सिजन अनुसारको कार्यतालिका बनाई धान खरिद, कुटानी, पिसानी, बिक्रि बितरण, भण्डारणको काम गर्न उपयुक्त हुने ।’

सतर्कता केन्द्रको २०७६ कात्तिक ३ गतेको निर्णय अनुसार धान खरिदमा सुधार गर्न सरकारलाई सुझाव दिइएको छ । सतर्कता केन्द्रको प्रतिवेदन अनुसार खाद्य संस्थानले गत आर्थिक वर्षमा बिर्तामोड, विराटनगर, लहान र वीरगञ्जबाट १ लाख ३८ हजार ७ सय ७२ क्वीन्टल धान खरिद गरेको थियो । संस्थानले देशभरका अञ्चल र शाखा कार्यालयबाट हरेक वर्ष धान खरिद गर्ने गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x