
काठमाडौं – नेपाली सीमा अतिक्रमण गरी भारतले जारी गरेको नक्साको विरोध गर्दै संयुक्त विद्यार्थी संगठनले भारतीय दूतावास अगाडि प्रदर्शन गरेको छ ।
संगठनले शुक्रवार बिहान दूतावास अगाडी प्रदर्शन गरेको हो ।
प्रदर्शनमा 'लिपुलेक, लिम्पियाधुरा, कालापानी लगायत अतिक्रमित सम्पूर्ण नेपाली भूमि फिर्ता गर' लगायतको नारा लगाएको छ ।
विद्यार्थीहरूले 'भारतीय विस्तारवाद मुर्दावाद' लगायतका विभिन्न नारासहितको प्लेकार्ड बोकी दूतावास अगाडि प्रदर्शन गरेका हुन् ।


