०५ साउन २०८३, मंगलबार

बालाचतुर्दशीमा पशुपति दर्शन गर्न आउने भक्तजनसँग शुल्क लिए कारवाही

बालाचतुर्दशीमा पशुपति दर्शन गर्न आउने भक्तजनसँग शुल्क लिए कारवाही
फाइल फोटो

यस वर्ष बालाचतुर्दशीका अवसरमा पशुपतिमा बत्ती बाल्न आउने भक्तजनसँग कुनै पनि शुल्क नलिइने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

विगत वर्षमा पनि कोषले पशुपति क्षेत्रमा बत्ती बाल्न आउने भक्तजनसँग बसेबापत शुल्क नलिने गरेकामा केही संस्थाले ठाउँ लिएर पैसा उठाउने गरेका थिए ।

यसरी शुल्क उठाउने संस्थाले रसिदसमेत नदिने गरेको गुनासो भक्तजनको थियो । भक्तजनको गुनासोलाई ध्यान दिएर पशुपति क्षेत्रका विभिन्न स्थानमा बत्ती बाल्न आउने भक्तजनसँग शुल्क नलिन सम्बन्धित सबैलाई निर्देशन दिइएको कोषका सदस्यसचिव डा. प्रदीप ढकालले राससलाई जानकारी दिए ।

कुनै संस्थाले भक्तजनसँग शुल्क लिएको पाइएमा कारवाही गरिने उनले बताए । भक्तजनको सुविधाका लागि नेपाली सेनालगायत सुरक्षा निकाय एवं विभिन्न संस्थासँग पाल लिएर पशुपति क्षेत्रका विभिन्न स्थानमा पाल हालिएको छ ।

भक्तजनलाई चिसोका कारण समस्या नहोस् र बत्ती बाल्न पनि सहज भन्ने उद्देश्यले अधिकतम् पालको व्यवस्था गर्न लागिएको कोषका प्रशासकीय अधिकृत गौरीशंकर पराजुलीले सुनाए ।

बाला चतुर्दशी पर्वका लागि सुरक्षालगायत सबै तयारी पूरा भएको कोषले जनाएको छ । बेलुकीको समयमा महिला भक्तजनको सुरक्षामा विशेष ध्यान दिन लागिएको छ । सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त संयन्त्रले काम गर्ने कोषले जनाएको छ ।

राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी पनि सादा पोशाकमा खटिनेछन् । यस वर्ष मंसिर ८ गते आइतवार बेलुकी वैदिक सनातन हिन्दू धर्मावलम्बीले दिवंगत पितृका नाममा बत्ती बाल्छन् । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन बेलुकी दिवंगत पितृको सद्गतिको कामना गर्दै बत्ती बाल्ने शास्त्रीय विधि छ । 

तुर्दशीका दिन बिहान पशुपति क्षेत्रमा शतबीज छरेर चतुर्थी गरेपछि बाला चतुर्दशी पर्व सम्पन्न हुन्छ । यस अवसरमा भक्तजनले पशुपतिलगायत देशभरका शिवालयमा बत्ती बाली चतुर्दशीका दिन बिहान शत्बीज गर्छन् ।

salt training

कमेन्ट गर्नुहोस्