कात्तिक १८, २०८०
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
मंसिर ८, २०७६
सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगले अर्को साता प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउने भएको छ ।
आयोगमा परेका अधिकांश उजुरी फर्छ्यौट गर्न बाँकी रहेपनि सरकारले दिएको समयसीमा सकिन लागेकाले भएको काम र परेका उजुरीहरूलाई समेटेर प्रतिवेदन बुझाउन लागिएको आयोगका अध्यक्ष मोहनरमण भट्टराईले लोकान्तरलाई जानकारी दिए ।
उनका अनुसार आयोगले हालसम्म जम्मा ७ वटा उजुरीका सम्बन्धमा मात्र छानबिन प्रक्रिया टुंग्याएको छ ।
‘अर्को सातासम्म प्रतिवेदन तयार गरी प्रधानमन्त्रीलाई बुझाउने तयारीमा जुटेका छौं,’ आयोगका अध्यक्ष भट्टराईले लोकान्तरसँग भने ।
सरकारी, सार्वजनिक र गुठी जग्गा मिचिएकोे वा अपचलन गरेकोसम्बन्धी आयोगको कार्यालयमा निवेदन आउने क्रम भने जारी छ ।
अहिलेसम्म आयोगको कार्यालयमा देशैभरीबाट १८० वटा निवेदन प्राप्त भएका छन् । उजुरी निवेदन धेरै प्राप्त भएतापनि अनुसन्धान गरेर पूर्णतामा पुग्न समय लागेको अध्यक्ष भट्टराईले बताए ।
‘निवेदन प्राप्त भइसकेपछि हामीले त्यो निवेदनले उठाएको सत्यता बुझ्नका लागि प्रमाण जुटाउनुपर्ने हुन्छ । मालपोत कार्यालयको स्रेस्ता र नापी कार्यालयको फिल्ड बूकको नक्कल पहिला हामीले झिकाउँछौं,’ अध्यक्ष भट्टराईले भने ।
मालपोत र नापीबाट प्राप्त कागजात पनि अपुग हुन जान्छ, त्यसपछि पुनः छुटफुट कागज मगाउँदा र प्राप्त हुन निकै समय लाग्ने गरेको छ ।
अहिले तयार हुन लागेका ७ वटा प्रतिवेदन सरकारी, सार्वजनिक र गुठी सबैको भएको अध्यक्ष भट्टराईले बताए ।
मालपोतका कागज भेटाउन नै गाह्रो
अहिलेसम्म आयोगको कार्यालयमा भेटिएका निवेदनमाथि सत्यतथ्य बुझ्न आयोगको कार्यालयले सम्बन्धित मालपोत र नापी कार्यालयमा पत्राचार गरेको छ ।
धेरै कागजात समयमा प्राप्त गर्न कठिन भएको साथै कतिपय कागजात नभेटिएको जवाफ आउने गरेको आयोगका अध्यक्ष भट्टराईले बताए ।
भट्टराईका अनुसार मालपोतको पुरानो श्रेष्ता प्राणालीका कारण कागजात कसरी कहाँ राखिएको छ भन्ने थाहा पाउन गाह्रो भएको छ ।
कागजात नभेटिएको जवाफ आएतापनि आयोगको कार्यालयले पुनः पटक–पटक ताकेता गरेर पत्र पठाउन भने छाडेको छैन् ।
सर्वसम्मत वा बहुमतबाट प्रतिवेदन पास हुने
आयोगले तयार गरेको प्रतिवेदन पहिला समितिमार्फत पास गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । सरकारी, सार्वजनिक र गुठी जग्गा सम्बन्धी जाँचबुझ आयोग ४ सदस्यीय रहेको छ ।
‘आयोगले तयार गरेको प्रतिवेदन सकेसम्म सर्वसम्मत प्रक्रियाद्धारा स्वीकृत गर्ने प्रयास हुन्छ, सर्वसम्मत प्रक्रियामार्फत स्वीकृत गर्न नसकिएमा बहुमत प्रकृयाद्धारा स्वीकृत गर्ने प्राणालीमा जाने कानूनी व्यवस्था छ,’ अध्यक्ष भट्टराईले भने ।
देशका अधिकांश ठाउँमा सरकारी, सार्वजनिक र गुठीसम्बन्धी जग्गामा विवाद देखिएपछि सरकारले यथार्थ छानबिनका लागि जेठ ६ गते मन्त्रिस्तरीय बैठकबाट आयोग बनाउने निर्णय गरेको थियो ।
मन्त्रिपरिषदले आयोगको म्याद ६ महिनालाई निर्धारण गरेको थियो । कार्यप्रारम्भ भएको मितिले मंसिरको १५ गते आयोगको म्याद सकिँदैछ ।
सरकारले निश्चित गरेको समयको अन्तिम समयमा मात्रै थोरै काम सम्पादन हुने आयोगले जनाएको छ ।
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...