
जाडोमा गर्मी महिनाभन्दा छालालाई अझ बढी स्याहार गर्नुपर्ने हुन्छ। जाडोमा चिसो स्याँठले छालाको सुख्खापन बढाउँछ। राम्ररी स्याहार नगरे छाला सुख्खा भइ फुट्ने अनि एलर्जी हुने समस्या देखिन्छ। जाडो मौसम बढ्नु भनेको छालाका लागि सुख्खा यामको सुरुवात हुनु हो ।
छालाका लागि जाडो अनुकूल समय होइन । यस्तोमा बाहिरी वातावरण सुख्खा हुने भएकाले यसको सीधा असर छालामा पर्छ । चिसो मौसममा छालामा विभिन्न समस्या आउन सक्छ, । राम्ररी स्याहार नगरे छाला सुख्खा भइ फुट्ने अनि एलर्जी हुने समस्या देखिन्छ।
क्लीनजीङ
मुहारको सौन्दर्य जाडोमा पनि कायम गर्न क्लीनजीङ गर्नुपर्छ। क्लीनजीङले अनुहारको सबै फोहोर हटाउँछ र कोमल बनाइराख्न मद्धत गर्छ। क्लीनजिङ गर्दा राम्रो क्लीनजिङ मिल्कको प्रयोग गर्नुपर्छ। बिस्तारै मसाज गर्दे क्लीनजिङ गर्नुपर्छ। क्लीनजिङ गरिरसकेपछि मनतातो पानीले अनुहार धुुनुपर्छ। जाडो मौसममा छालालाई धेरै सुख्खा हुन नदिन मनतातो पानीको प्रयोग गर्नुपर्छ।
मोस्चराइजरको प्रयोग
मनतातो पानीले अनुहार , हात खुट्टा धोइसकेपछि अनिवार्य रुपमा मोस्चराइजरको प्रयोग गर्नु जरुरी छ। यसको तैलीय तत्वले छाला फुट्नबाट रोक्छ। आफूसित हरदम मोस्चराइजर राख्नुपर्छ। अझ एकदम सुख्खा छाला हुनेले त बिर्सनै हुँदैन। कोहीलाई मोस्चराइजरले पनि एलर्जी हुन्छ। एलर्जी नहुने खालको मोस्चराइजरको प्रयोग गर्नुपर्छ। नरिवलको तेल, एभाकाडोको तेल, ओलिभ ओइल आदिको प्रयोगले छालालाई कोमल राख्न सहयोग गर्छ।
सनब्लकको प्रयोग
जाडोमा प्राय घाम तापिन्छ त्यसले छाला डढाउनुका साथै पोतो पनि ल्याउँछ। जाडो महिनामा पनि सनब्लकको प्रयोग अनिवार्य गर्नुपर्छ। चिसो धेरै हुँदा टोपी अनि पञ्जाको प्रयोग पनि छुटाउनुहुँदैन। हात र खुट्टालाई राम्ररी छोप्नुपर्छ।
उचित खानपान
जाडोमा त्यति पानी खाइँदैन। धेरैको रुचि चिया ,कफिमा जान्छ। तर जाडो महिनामा चल्ने हावाले छाला रुखो बनाउने हुनाले पानी पिउन जरुरी छ। जिउ हाइड्रेट हुन जरुरी छ। मनतातो पानीको प्रयोग गर्न सकिन्छ। खानामा ओमेगा–३ फ्याटी एसिडको मात्रा बढाउनुपर्छ जस्तै माछा, सागपात हरु प्रशस्त खानुपर्छ। यसले छालाको सौन्दर्यमा धेरै लाभ मिल्छ।
दशैं तिहार सकिएसँगै जाडो सुरु हुन्छ । जाडो सुरु भएको थाहा सबैभन्दा पहिला ओठ सुख्खा हुने समस्याबाट हुने गर्छ । जब हाम्रो शरीरको छाला सुख्खा हुन्छ तब छालासम्बन्धी रोगहरू बल्झिएर आउँछन् । नेपालमा परिवर्तन भइरहने सिजनका कारण छालाका समस्या बढ्नु स्वभाविक पनि हो । एउटा सिजनमा छाला एड्जस्ट हुन नपाउँदै अर्को सिजन सुरु भइदिन्छ जसले छालालाई सीधा असर गर्छ ।