
कपिलवस्तु- स्थानीय तह निर्वाचन अन्र्तगत शिवराज नगरपालिका १० लालपुरमा शनिवार शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ ।
निर्वाचन कार्यालयका अनुसार हालसम्म ७० प्रतिशत मत खसेको बताइएको छ ।
साढे तीन बजेसम्म ७ राजनीतिक दल ५ स्वतन्त्र गरी कुल १२ उम्मेदवार निर्वाचनमा प्रतिस्पर्धी छन् । कुल २ हजार ७२ मतदाता लालपुरमा रहेको छ । जसमा अध्यक्ष पदका लागि नेपाल कम्युनिष्ट पार्टी नेकपाबाट अदालत मनिहार, नेपाली कांग्रेसबाट देवराज भारती, समाजवादी पार्टी नेपालबाट तीर्थबहादुर रायमाझी, राजपाबाट मञ्जु मिश्र, जनमत पार्टीबाट मोहम्मद हानिफ गद्दी, राप्रपाबाट बलभद्र मिश्र, राप्रपा संयुक्तबाट नुर महोम्मद मनिहार उम्मेदवार छन् ।
यस्तै स्वतन्त्र उम्मेदवारमा शिवभक्त नाउ, शिवनारायण कुर्मी, रामप्रसाद कोरी र मोहम्मद रफिक मनिहार चुनावी मैदानमा छन् । उक्त निर्वाचनमा सतारुढ नेकपा, नेपाली कांग्रेस, राजपा, समाजवादी पार्टी, राप्रपाबीच प्रतिस्पर्धा हुने बताइन्छ । तत्कालीन वडाध्यक्ष शकुन्तला भारतीको निधन भएपछि उक्त ठाउँमा उपनिर्वाचन भएको हो ।