१९ असार २०८३, शुक्रबार

मेचे विद्यार्थी पढ्ने विद्यालयलाई कम्प्युटर सहयोग

मेचे विद्यार्थी पढ्ने विद्यालयलाई कम्प्युटर सहयोग

सीमान्तकृत मेचे जातिको बसोबास रहेको झापाको मेचीनगर नगरपालिका–११ धाइजनस्थित भानु आधारभूत विद्यालयलाई सञ्जीवनी महिला विकास संस्थाले कम्प्युटर र प्रिन्टर सहयोग गरेको छ ।

विद्यालयको स्वर्ण महोत्सवका अवसरमा शनिवार आयोजित कार्यक्रममा विद्यालयलाई सो सहयोग हस्तान्तरण गरिएको हो ।

संस्थाकी अध्यक्ष रेणुका डाँगीले सांसद सुरेन्द्र कार्कीको पूर्वाधार विकास बजेटबाट प्राप्त रकमबाट विद्यालयलाई कम्प्युटर र प्रिन्टर प्रदान गरिएको बताए । विक्रम संवत् २०२५ सालमा स्थापना भएको विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थी र केही शिक्षक मेचे समुदायकै रहेका प्रधानाध्यापक विष्णुकुमारी राउतले जानकारी दिए । उनका अनुसार विद्यालयमा पहिलोपटक कम्प्युटर भित्रिएको छ ।

प्रदेशसभा सदस्य गोपाल बुढाथोकीले विद्यालयद्वारा निर्माण गरिएको स्वर्ण महोत्सव स्तम्भको अनावरण र प्रकाशित गरिएको स्वर्ण स्मारिकाको शनिवारै विमोचन गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्