
विश्व बजारमा गर्भनिरोधकको अस्थायी साधन कन्डमको माग बढ्दो छ। यौन सम्बन्ध कायम गर्दा पुरुष तथा महिलाले कन्डमको प्रयोग मिल्छ। त्यसका लागि छुट्टाछुट्टै कन्डम पनि छन्।
तर, अब बजारमा शाकाहारी कन्डम आएको छ। कन्डमको रबरलाई नरम बनाउन प्रयोग हुने चिल्लो पदार्थमा जीवजन्तुको शरीरबाट निकालिएको प्रोटिन हुने गर्दछ। तर, शाकाहारी कन्डमको मुख्य घटक पनि रबर नै हो । जसलाई रबरको रुखबाट निकालिन्छ। केसीन प्रोटिन स्तनधारीको दूधमा पाइन्छ, जसलाई रबर नरम बनाउन प्रयोग गरिन्छ ।
तर शाकाहारी कन्डममा प्राकृतिक रुखमा पाइने चिल्लो पदार्थ प्रयोग गरिने गरिएको बीबीसीले समाचारमा उल्लेख गरेको छ।
सन् २०१५ मा फिलिप सिफर र वाल्डेमर जाइलर शाकाहारी कन्डम बनाउने योजना अघि सारेकोमा त्यसको ४ वर्षमै शाकाहारी ब्राण्डको उत्पादनले आकार लिएको थियो। उनीहरुको कम्पनीको नाम इन्हर्न हो।
यद्यपि, शाकाहारी कन्डम बनाउने पहिलो कम्पनी इन्हर्न होइन। सन् २०१३ मा उत्तर अमेरिकी ब्रान्ड ग्लाइडले यस्तो कन्डम बनाइसकेको थियो। एजेन्सी