२६ असार २०८३, शुक्रबार

जागिरमा प्रोमोसनका लागि गर्नुस् यी काम

जागिरमा प्रोमोसनका लागि गर्नुस् यी काम

हरेकले सोच्छ, जागिरमा आफ्नो प्रोमोसन होस् अनि तलब बढोस् ।

त्यसैका लागि मानिस सक्दो प्रयास गरिरहेकै हुन्छ । तर, मानिसले ससाना कुराहरुलाई विचार नगर्दा उक्त कार्यमा सफल नहुन सक्छ । यसले मानिसलाई चिन्ता, तनाव, काम प्रति वितृष्णा ल्याउँछ । मानिसले केही सामान्य कुराहरु विचार गर्न सके सहजै मानिसले अफिसमा आफूलाई राम्रो स्थानमा पुर्याउन सक्छ ।

यसका लागि केही कुराहरू पनि विचार गर्नु पर्ने हुन्छः

नियमित कामभन्दा अन्य जिम्मेवारी पनि लिने
आफ्नो फाइदाका लागि आफ्नो जागिर अन्तर्गत नपर्ने तर अफिसको काममा समेत भाग लिनु राम्रो हुन्छ । यसले मानिसलाई थप चर्चित र पहिचान दिलाउँछ । यसले मानिस सहजै बोसको नजरमा पर्न सक्छ । यसैले नयाँ जिम्मेबारी लिने, नयाँ काम गर्ने गरे पनि प्रोमोशनलाई थप बलियो बनाउने माध्यम हुन सक्छ ।

अरूलाई मद्दत गर्ने
जब मानिसले अन्य विभागको काममा मद्दत गरेर आफ्नो कामलाई समेत सहज बनाउँछ । पछि आफूलाई पनि कुनै काम अरूबाट आवश्यक परेको अवस्थामा सहजै लिन सक्नुहुन्छ, र एक(अर्कामा राम्रो सम्बन्ध बन्छ । यसले पनि मानिसलाई अगाडि बढ्न मद्दत गर्छ ।

यस्तै, कसैले गल्ति गरे त्यसलाई सुधार्ने तर्फ लाग्नु राम्रो हुन्छ । कोही मानिस भने कसैले गल्ति गरे उसलाई गाली गर्ने, तल झारेर कुरा गर्ने काम पनि गर्छन्, यसले मानिसले आफ्नो साख गुमाउन पुग्छ । यसले मानिस स्वंयलाई ने असर गर्छ।

सहकर्मीलाई साथी सम्झने
आफ्नो सहकर्मीहरुलाई साथीको व्यवहार गर्नुपर्छ । प्रतिद्धन्दीको जस्तो व्यवहार नगरी उनीहरूसँग राम्रो सम्बन्ध बनाउनु पर्छ । अफिस र यसको बाहिर पनि साथित्व कायम गर्नुपर्छ । यसले मानिसलाई अगाडि बढ्नका लागि सहज हुन्छ।

बोससँग अनावश्यक बहस नगर्ने
आफ्नो बोससँग कहिल्यै पनि बहस गर्ने र उसको क्षमतामाथी नै प्रश्न उठाउने काम कहिल्यै गर्नुहुन्न । बोसबाट सकेसम्म सहयोग लिने र अन्य चिन्ता छाड्ने काम गर्नुपर्छ । यसले मानिसको विकासको मार्गलाई थप बाटो निर्माण गर्छ।

मानिसले यस्तो तरिकाका खोज्नु पर्छ, जसबाट निर्णय प्रक्रियामा आफ्नो प्रभाव बढाउन सकियोस् । तर यस्तो गर्दा कुनै कन्फ्युजन नहुनु राम्रो हुन्छ । यस्तो भए तपाईको साथी या आफूमाथीका कर्मचारीहरू तपाईको शस्त्रु बन्न सक्छन् । यसले मानिसले बोसको भरोसा जित्न असफल हुन्छ। -एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्