×

NMB BANK
NIC ASIA

उखु किसानको प्रण : ‘जिउँदो हुँदासम्म नसुन्ने सरकारले मरेपछि त सुन्ला नि !’

पुस १५, २०७६

NTC
Premier Steels

वर्षाै–वर्ष पसिना बगाएर उत्पादन गरेको उखुको भुक्तानी नपाएका सर्लाहीका किसान आन्दोलन गर्न काठमाडौं पुगे । संघीय राजधानी काठमाडौंमा आन्दोलित किसानले मन्त्री घनश्याम भुसालदेखि प्रतिपक्षी दलका सांसद गगन थापासम्मलाई भेटेका छन् ।

Muktinath Bank

सिंहदरबार नजिकै माइतीघर मण्डलामा दिनदिनै प्रदर्शन गरिरहेका उखु किसानले विगत ४–५ वर्षदेखि रोकिएको भुक्तानी पाउने सुनिश्चितता भइसकेको छैन । किसानले कठोर प्रण गरेका छन् – ‘किसान जिउँदो हुँदासम्म नसुन्ने सरकारले मरेपछि त सुन्ला नि !’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सर्लाहीको गोडैटा नगरपालिका, सिसौटियाका किसान रौदी महतो भन्छन्, ‘मरेपछि त सरकारले सुन्ला नि ! हाम्रो कुरा सुनिदिने कोही भएनन्, मैले मन्त्रीलाई पनि चिन्दिनँ, हामी हजुर किसानी मान्छे । यहीँ नजिकै सरकार छ भनेर यहाँ आएर बसेका छौं ।’


Advertisment
Nabil box
Kumari

रौदी महतोजस्तै अरु किसान पनि उखुको भुक्तानी हुनुपर्ने माग राख्दै काठमाडौं आएका छन् । महतोले छातीमा टाँसेको सेतो कागजमा लेखिएको छ – उखु किसानको भुक्तानी तुरुन्त फिर्ता गर !

Vianet communication

खेतमा फलेको उखु सुगर मिल सञ्चालकले खेतबाटै खरिद गरे तर किसानले लामो समयसम्म भुक्तानी पाएनन् । महतो १५ दिनदेखि पुसको कठ्यांग्रिँदो चिसोमा काठमाडौंमा आन्दोलन गरिरहेका छन् । दिउँसो माइतीघरको आन्दोलन र नेतासँग भुक्तानीको पहल गरिदिन दौडधुप गर्ने महतो राति कवाडी पेशा गर्ने आफन्तको डेरामा शरण लिन पुग्छन् । आफूसँग पर्याप्त पैसा नभएकाले बिहान–साँझ पेटभरि खान समेत नपाएको दुःखेसो महतोले पोखे ।

‘मसँग पैसा छैन, अरुसँग पनि पैसा छैन, काठमाडौं आएको १५ दिन भइसक्यो । काठमाडौंमा गाउँको मान्छे त छ, कवाडी काम गर्छ, साँझबिहान उसैकोमा बसेको छु,’ महतोले भने, ‘बिहान अलिकति एक लापड खाना खायो, आन्दोलनमा आयो ।’

महतोको ४ छोरा र १ छोरीसहित परिवारले गुजारा गर्ने मुख्य आम्दानीको स्रोत उखु खेती नै हो । महतोसँग आफ्नो नाममा ५ कट्ठा जमिन मात्रै छ । बाँकी २ विगाहा जमिन बट्टैया (आधा बुझाउने गरी) लिएर उखु खेती गर्दा जग्गाधनीलाई पनि पैसा बुझाउनुपर्छ । सुगर मिलले भुक्तानी नदिँदा महतोले न आफूले पैसा पाएका छन्, न जग्गाधनीलाई तिर्न सकेका छन् । 

महतोले ४ वर्षसम्म उत्पादन गरेको उखु सर्लाहीकै अन्नपूर्ण सुगर मिलले किनेपनि किसानलाई उखुको पैसा दिएको छैन । ‘चानचुन ४ लाख रुपैयाँ अन्नपूर्ण चिनी मिलबाट लिन बाँकी छ अनि मैले साहुलाई जग्गाको हिसाब कहाँबाट बुझाउनु ?’ महतोले प्रश्न गरे ।

सरकारले उखुको बक्यौता फिर्ता गराइदिएमा अरुको जग्गामा उखु खेती नगर्ने महतो बताउँछन् । उखुबाहेक धान खेती गर्दा पनि गुजारा गर्न निकै कठिन हुने महतोको भोगाइ छ ।

‘अब पैसा नपाइ कोही पनि घर नजाने सल्लाह भएको छ, बरु यतै प्राण त्याग्ने कुरा हाम्रो छ,’ महतोले लोकान्तरलाई भने, ‘यसरी आन्दोलन गर्दा सुने सुन्छ, नसुने मरेको त सुन्ला नि ! बरु प्राण त्याग्छु, पैसा नपाई घर जान्न ।’

सर्लाहीको बसबरिया गाउँपालिका घर भएका प्रदीप मुखिया त्रिचन्द्र कलेजमा बीएस्सी तेस्रो वर्षमा अध्ययन गर्छन् । गाउँलेहरू उखुको भुक्तानी माग्नको लागि सरकारलाई घच्घच्याउन काठमाडौं आएपछि उनी पनि पढाइ छाडेर माइतीघर मण्डलामा प्लेकार्ड बोकेर आन्दोलनमा सहभागी छन् । बुवाले बेचेको उखुको भुक्तानी नपाएकाले आन्दोलनमा आएको मुखियाले बताए ।

‘किसानले कहिल्यै समयमा उखुको भुक्तानी पाएका छैनन्, अहिले हाम्रो जिल्लाका किसानले मिलबाट करोडौं रुपैया लिन बाँकी छ । मैले गगन थापालाई पनि भेटेर हाम्रो कुरा राखें, उहाँले पनि संसदमा हाम्रो कुरा उठाइदिनुहुन्छ कि भनेर,’ मुखियाले भने ।

मुखियाले कृषि मन्त्रालयमा समेत कुरा राखेको तर जवाफ केही नआएको बताए । ‘हाम्री गाउँमा फलाएको चामल, दाल, तेल नै मन्त्रीले खाने गर्‍या छ, सुन्छ होला,’ मुखियाले आशा व्यक्त गर्दै भने ।

अन्नपूर्ण सुगर मिलले २०७६ सालको कात्तिक मसान्तभित्र किसानलाई बैंकमार्फत नै भुक्तानी दिने लिखित सहमति भएपनि भुक्तानी नदिएको मुखियाले बताए । ‘हाम्रो माग भनेको भुक्तानी पाउने, सरकारले तोकेको मूल्य पाउने र सुख्खा कटेको प्रतिशत काट्ने कुरा हटाउने हो,’ मुखियाले भने ।

सर्लाहीबाट आएका २०–२५ जना उखु किसानको समूह १५ दिनदेखि माइतिघर मण्डलामा आन्दोलन गरिरहेको छ । धर्नामा बस्दै आएका सबै किसानका आफन्त काठमाडौंमा छैनन् । धर्नामा सहभागी किसानलाई जाडोका कारणले रुघाखोकीले च्याप्दै गएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x