×

NMB BANK
NIC ASIA

नयाँ बर्षमा घुम्न जाने योजना छ ? यी हुन काभ्रेका गन्तव्यस्थल

कात्तिक २०, २०७४

NTC
Premier Steels

काभ्रे ३१ चैत्र– विक्रम संवतको नयाँ बर्ष २०७४ भोलि सुरु हदैछ । नयाँ बर्षको अवसरमा नयाँ नयाँ ठाउँहरु घुमफिर गर्ने र रमाइलो गर्ने चाहाना सबैको हुन्छ । शहरी क्षेत्रका युवा युवतीहरु नयाँ बर्षको अबसरमा नयाँ नयाँ ठाउमा घुम्न रहर गर्छन । सहरको कोलाहाल र तनावपूर्ण जीवनशैलीमा बिर्षन पनि नयाँ ठाउ घुम्ने रह धेरैमा हुन्छ । काभ्रे जिल्ला काठमाडौं उपत्याकाबाट सबभन्दा नजिकको जिल्ला र पर्यटकीय गन्तव्य हो । नयाँ बर्षको अबसरमा काभ्रेका यी पाँच गन्तव्य तपाइको रोजाइको गन्तव्य पर्न सक्छ ।

नगरकोट

पर्यटकीय स्थल नगरकोट भक्तपुर र काभ्रेको सीमानामा पर्छ । स्थानीय तहको नयाँ संरचना अनुसार नगरकोट मन्डन देउपुर नगरपालीकामा पर्दछ । नगरकोट काठमाडौं उपत्यका नजीकको प्रसिद्ध रमणीय स्थल हो । काठमाडौंबाट ३२ किलोमिटर उत्तर(पूर्वमा र भक्तपुर नगरवाट २० कि.मी. पूर्वमा अवस्थित रहेको छ । यो समुद्री सतहदेखि २ हजार ७५ मिटर उचाइमा रहेको छ । गर्मी याममा पनि चिसो मौसम हुने नगरकोटबाट मौसम सफा भएको बेला उत्तरमा मनमोहक हिमालयका चुचुराहरू देख्न सकिन्छ । यहाँवाट देखिने अन्य हिमाल चुचुराहरूमा धौलागिरि हिमश्रृंखलादेखि कञ्चनजंघा हिमश्रृंखलासम्मको मनांस्लु, गणेश हिमाल, लामटाङ्ग हिमाल, गौरी शंखर, चावु, ल्होत्से, मकालु नेम्वुल इत्यादि छन् । नगरकोट क्षेत्र हिमालको काखबाट निस्कने सूर्योदयको दृष्यावलोकन लागि पनि प्रसिद्ध छ ।

नगरकोटमा खानपिन तथा बसोबासका लागि सामान्यदेखि स्तरीय होटल तथा रिसोर्टहरू उपलब्ध छन् ।

धुलिखेल

काभ्रेपलान्चोक जिल्लाको सदरमुकाम धुलिखेल नगरकोट पछि काठमाडौं उपत्यकाबाट नजिकके पर्यटकीय गन्तव्य हो । करीव १६२५ मिटर (५३३० फिट)को उचाइमा अवस्थित धुलिखेल नगरी हरियालीले ढाकिएका होचा अग्ला पहाडहरू र ती भन्दा पर सेता हिउँले सजिएका पर्वतमालाको पृष्ठभूमि पारेर पानपाते आकारमा बसेको छ । हिमाली चुचुरा र र्सूयोदयको बिहङ्गम द्रश्य आदिले पर्यटकहरूलाई मात्र नभै नेपालीहरू समेत लोभिएको कुरा हिउँदमा स्थानीय टुँडिखेलमा हुने बनभोजहरूको घुइँचो, होटलमा रात बिताउन आउने रसिकहरूको लामो लाईन, र पर्यटकहरूको बिहान ३ बजेदेखि नै भेला हुने बातावरणले नै बताउँछ । नेपाल मा भित्रिने पर्यटकहरु एकपटक धुलीखेल आउने गरेको होटल एसोसिएसन हानका अध्यक्ष प्रेमकन्ठ मकाजु बताउछन् । हजार सिडी चढेर पुगिने बतासे डाँडा धुलिखेलको अर्को आकर्षक स्थल हो ।

नमोबुद्ध

नमोबुद्ध काभ्रेपलाञ्चोक जिल्लाको सिमलचौर श्यामपाटी गाउपालिकामा पर्ने एक इतिहासिक प्रख्यात बौद्ध स्तूप हो । यो स्तूप तिब्बती बौद्ध धर्मालम्बीहरूले मान्ने तीन चैत्यहरू बुद्धानाथ, स्वयम्भूनाथ र नमोबुद्धे मध्ये एक हो । यहाँ वनको मध्यभागमा बुद्धको चैत्य तथा स(साना बौद्ध गोन्पाहरू छन्। नमोबुद्ध क्षेत्रमा बुद्धमार्गी तामाङको बस्ती पनि रहेको छ अहिले नमोबुद्र एक धामिर्क पयटकिय गन्तव्य को रुपमा परीचित छ । शनिवार वा अन्य विदाको दिन आन्तरीक र वाह्य पर्यटकहरुको नमोवुद्रमा भिड लाग्ने गर्छ । आइकिङका लागि पनि यो क्षेत्र प्रख्यात छ ।

दोलालघाट

दोलालघाट इन्द्रावती र भोटेकोशी नदीको दोभान नजीक काठमाडौं देखि ५६ कि.मि.पूर्वमा पर्छ । यो क्षेत्र समुद्र सतहबाट ३५० मि. उचाइमा अवस्थित छ । अरनिको राजमार्गको निर्माणले उत्तरी क्षेत्रका बासिन्दा लगायत सिन्धुपाल्चोक, दोलखा, रामेछाप जिल्लासम्म व्यापारिक प्रभाव परेको छ । प्रस्तावित दोलालघाट(धनकुटा राजमार्ग एवं दोलालघाट(चौतारा सडकको पनि संगमस्थल भएकाले यस क्षेत्रको महत्व थपिएको । आन्तरीक पर्यटकहरुले दोलालघाट को अहिले चमनै फेरेको छ । काठमाडौंवाट विदाको दिनमा ईन्द्रावति नदी र सुनकोसि नदीको किनारमा पौडी खेल्न र पिकनिक गर्न आउने गरेका छन् ।

साँगा

काठमाडौंबाट नजिकको दुरीमा रहेको काभ्रे र भक्तपुरको संगम स्थल साँगा पनि घुम्न लायक ठाउ हो । एशियाकै अग्लो शिवको मुर्ती स्थापना गरिको कैलाशनाथ महादेवको दर्शनका लागि आन्तरिक पर्यटकहरु यस स्थानमा आउने गरेका छ्न् । काठमाडौं लगायत सवै सहरको मोनोमोहक वातावरण यहाँ रहेको छ । नमुना गाउँ, आसापुरी महादेव लगायत महत्वपुर्ण घार्मिक स्थलहरु रहेकोले यसको महत्व रहदै आएको छ ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x