३० असार २०८३, मंगलबार

चर्चित गीत ‘चोली के पीछे’ यसरी बन्यो

कात्तिक २०, २०७४
चर्चित गीत ‘चोली के पीछे’ यसरी बन्यो
श्याम बेनेगलको फिल्म मंडीबाट अभिनयामा शुरुवात गरेकी इला अरुण उनको अनौठो स्वरका कारण सफलता पाइन् ।

सुभाष घईको फिल्म खलनायकमा ‘चोली के पीछे’ गीतले इला अरुणलाई विवादको घेरामा ल्याएको थियो भने सफलता पनि ।

उनले भनिन्, ‘सुभाष भईलाई म कर्मा फिल्म देखि चिन्थे । उनले मलाई ‘चोली के पीछे’ गाउनका लागि बोलाए र मलाई मैले गाउन पर्ने लाइन सुनाए ।

संगीतकार लक्ष्मीकान्त प्यारृलाल र गीतकार आनन्द बक्शी गीतको बोलका बारेमा मेरो प्रतिक्रिया लिन चाहन्थे । तर, म त्यो गीतलाई लिएर हिचकिचाइन । किनकी यस्ता खालका गीत गम्भीर सम्बन्धका बीचमा हिचकिचाहट अन्त्य गर्नका लागि गाउने गरिएको थियो । जस्तो देवर–भाउजु, देउरानी–जेठानी तथा नन्द–भाउजु ।’

उनले भनन्,‘तर यो गीत गाउने समयमा अल्का याग्निक डराएकी थिइन् । मैले पुरै आत्मविश्वासका साथा गीत गाए, र विवाद पर्दा यसको बचाउ पनि गरे ।’

चोली के पीछे गीतले उनलाई रातो राम चर्चित बनाइदियो र लगभग उनलाई यस्तै खालका २४ गीतका प्रस्ताव आए । इला अरुणका अनुसार यदी आजकालका गायिका भएका भए २४ मा २४ नै गीत गाउने थिए जसलाई उनी गतल मान्छिन् ।

इलाले आफूले लता जस्ती हस्तीसँग गीत गाउन पाएकोमा भाग्यमानी भएको बताइन् । तर लतासँग गीत गाउने समयमा पसिना नै छुट्ने गरेको उनको अनुभव छ ।

इला अरुणलाई आफू राम्रो गायिका बन्न सक्ने भएपनि कसैले प्रोत्साहन नगरेकोमा दुखी छिन् । उनी संगीतकार कल्याणजीलाई पनि दोषी मान्छिन् । उनले अल्का याग्निक तथा साधना जस्ता गायिकालाई प्रोत्साहन गरेको तर आफूलाई नगरेको बताइन् ।

१४ अप्रिलमा रिलिज भएको फिल्म बेगम जानमा विद्या बालकासाथ इला अरुण पनि मुख्य भूमिकामा देखा परेकी छिन् ।

salt training

कमेन्ट गर्नुहोस्