×

NMB BANK
NIC ASIA

नियामक र सेवा प्रदायक दुवै भूमिकामा रहेको नागरिक उड्डयन प्राधिकरण अब नियामक निकायको रूपमा मात्रै खुम्चिने भएको छ ।

Muktinath Bank

माघ १६ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल हवाई सेवा प्राधिकरण स्थापना गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृत गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संसदीय प्रक्रियाबाट विधेयकले ऐनको रूप लिइसकेपछि नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल हवाई सेवा प्राधिकरण छुट्टाछुट्टै रूपमा स्थापना हुने प्रक्रिया अगाडि बढ्नेछ ।


Advertisment
Nabil box
Kumari

‘नेपाल हवाई सेवा प्राधिकरणले सर्भिस प्रोभाइडरको काम गर्ने र  नागरिक उड्डयन प्राधिकरणले नियामक निकायको रूपमा काम गर्ने गरी विधेयक अगाडि बढेको मैले बुझेको छु,’ नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले लोकान्तरसँग भने ।

Vianet communication
Laxmi Bank

२०५३ सालको उड्डयन प्राधिकरण ऐन सँगै तत्कालीन हवाई विभाग ०५५ सालबाट नेपाल नागरिक उड्डयन प्राधिकरणमा रुपान्तरित भएको थियो । 

प्राधिकरणले देशभरिका विमानस्थलको सञ्चालन गर्ने, नयाँ विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन र निर्माण गर्ने कार्य गर्दै आएको छ । 

अहिलेसम्म राष्ट्रिय र अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई उडानका लागि अनुमति दिनेदेखि नियमन गर्ने काम पनि प्राधिकरणले गर्छ ।

विधेयकअनुसार छुट्टाछुट्टै प्राधिकरण बनेसँगै उड्ययन प्राधिकरणले विमान कम्पनीहरूलाई अनुमति दिने, अनुमति नवीकरण गर्ने र अनुगमन गर्नेजस्ता कामहरू मात्रै गर्ने नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी त्रिलोचन पौडेलले बताए । पौडेलका अनुसार प्रस्तावित विधेयक अनुसार हवाई सेवा प्राधिकरणले विमानस्थलको सञ्चालन र विस्तारको काम गर्नेछ ।

प्रस्तावित विधेयकअनुसार दुई प्राधिकरण फरक–फरक र स्वायत्त निकायको रूपमा विकास हुनेछन् । नियमनको मात्रै काम उडड्यन प्राधिकरणले गर्ने भएपछि प्राधिकरणको आम्दानी कम हुनेछ । 

विमानस्थलबाट हुने सम्पूर्ण व्यवस्थापकीय र सञ्चालनको काम हवाई सेवा प्राधिकरणले गर्नेछ, साथै विमानस्थल सञ्चालन र व्यवस्थापनबाट हुने आम्दानी पनि हवाई सेवा प्राधिकरणलाई ने प्राप्त हुनेछ ।

नियमन गर्ने र नाफामूलक दूवै काम एउटै निकायले गरेको विषयमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) र युरेपेली युनियनले असहमति जनाउँदै आएका थिए ।

नेपाली आकाशलाई कालोसूचीमा राख्ने र हटाउने सन्दर्भमा ईयूले नेपाली उड्डयन क्षेत्रको व्यवस्थापन र नियमन एउटै क्षेत्रले गर्न नहुने सुझाव राख्दै आएका थिए ।

प्रस्तावित विधेयकअनुसार नागरिक उड्डयन र हवाइ सेवा प्राधिकरण सञ्चालनमा आएपछि नियमक र सेवा प्रदायकको भूमिका भिन्न–भिन्न हुन जान्छ, जसले गर्दा आईकाओ र युरेपेली युनियनले नेपालको विमानस्थल सम्बन्धमा उठाउँदै आएको प्रश्न पनि हल हुनेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x