
पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले अमेरिका र इरानबीचको शान्ति सम्झौता धेरै नजिक पुगेको दाबी गरेका छन् ।
शनिार सामाजिक सञ्जाल एक्समा लेख्दै उहानले दुई देश ऐतिहासिक सम्झौताको निकै नजिक पुगेको जानकारी दिएका हुन् ।
प्रधानमन्त्री सरिफका अनुसार आगामी २४ घण्टाभित्र यो सम्झौताले अन्तिम रूप पाउने अपेक्षा गरिएको छ।
सम्झौता फाइनल हुनेबित्तिकै पाकिस्तानले पनि यस शान्ति सम्झौतामा इलेक्ट्रोनिक माध्यमबाट हस्ताक्षर गर्ने तयारी गरिरहेको उहनले उल्लेख गरे। त्यसलगत्तै आगामी हप्तादेखि प्राविधिक तहको वार्ता सुरु हुने बताइएको छ। 'हामी शान्ति सम्झौताको पहिलेभन्दा निकै नजिक छौँ। यो ऐतिहासिक सम्झौताले यस क्षेत्रमा स्थायी शान्तिका लागि बलियो जग बसाल्नेछ भन्ने कुरामा म पूर्ण विश्वस्त छु,' प्रधानमन्त्री सरिफले भनेका छन्।