११ असार २०८३, बिहीबार

रास्वपा महाधिवेशन शुरू, अन्य दलबाट को-को छन् सहभागी ?

असार ७, २०८३
काठमाडौं
रास्वपा महाधिवेशन शुरू, अन्य दलबाट को-को छन् सहभागी ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशन शुरू भएको छ ।

दिउँसो १ बजे उद्‌घाटन सत्र शुरू हुने भनिए पनि करिब २ घण्टा ढिलो गरी कार्यक्रम शुरू भएको हो ।

महाधिवेशनको उद्‌घाटनसत्रमा विभिन्न राजनीतिक दलका नेता तथा प्रतिनिधिहरू भरतपुर पुगेका छन्। ​​

नेपाली कांग्रेसका सभापति गगन थापा, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेता प्रदीप ज्ञवाली, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता वर्षमान पुन र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन कार्यक्रम स्थलमा पुगिसकेका छन् । 

यसैगरी, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत चितवन पुगिसकेका जनाइएको छ ।

तस्वीरहरू :

null

null

null

null

null

null

null

null

null

null

null

null

null

 

salt training

कमेन्ट गर्नुहोस्