१३ असार २०८३, शनिबार

रास्वपा महामन्त्रीमा मनिष झाको दाबी

असार ८, २०८३
काठमाडौं
रास्वपा महामन्त्रीमा मनिष झाको दाबी

चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा प्रवक्ता मनिष झाले महामन्त्री पदमा आफ्नो दाबी प्रस्तुत गरेका छन् ।

सोमबार दिउँसो आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरूले ‘बालेन सरकारमा मन्त्री बन्ने चर्चा थियो, त्यो भएन, अब महाधिवेशनमा के हुन्छ ?’ भन्ने प्रश्न सोध्दा झाले आफू महामन्त्रीको दौडमा रहेको संकेत गरेका हुन् ।

उनले भने, ‘मैले महाधिवेशन प्रतिनिधिहरूसँग बुझ्दा धेरैले मलाई महामन्त्रीको भूमिकामा हेर्न चाहनुभएको पाएको छु । त्यसैअनुसार मेरो तयारी पनि भइरहेको छ । सर्वसम्मत नभए पनि म महामन्त्री पदका लागि तयारीका साथ अघि बढिरहेको छु ।’

salt training

कमेन्ट गर्नुहोस्