३१ असार २०८३, बुधबार
राजनीतिक प्रतिवेदन

रास्वपाको राजनीतिक प्रतिवेदनमा के छ ? [पूर्णपाठसहित]

असार ९, २०८३
काठमाडौं
रास्वपाको राजनीतिक प्रतिवेदनमा के छ ? [पूर्णपाठसहित]

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा सभापति रवि लामिछानेले आफनो राजनीतिक प्रतिवेदनले पेस गरेका छन् । 

चितवनमा आयोजित महाधिवेशनको बन्दसत्रमा मंगलबार लामिछानेले 'सामाजिक लोकतन्त्र' लाई पार्टीको मुख्य मार्गदर्शक सिद्धान्तका रूपमा अघि सार्दै रास्वपा अब केवल एउटा चुनावी शक्ति मात्र नभई सुस्पष्ट विचार बोकेको राजनीतिक दल बनेको उद्घोष गरेका छन्।

यसअघि 'संवैधानिक समाजवाद' भन्दै आएको रास्वपाले अब आफूलाई 'सामाजिक लोकतन्त्र' को कित्तामा उभ्याएको हो । प्रतिवेदनमा यसका पाँच मुख्य आधार स्तम्भहरू समेत उल्लेख गरिएको छ ।

जसमा प्रतिस्पर्धात्मक उदार अर्थतन्त्र, विधिको शासन, जनउत्तरदायी सरकार, लोककल्याणकारी राज्य र समन्यायिक समावेशी समाजलाई व्याख्या गरिएको छ।

 सभापति लामिछानेले राज्यले व्यापार गर्ने नभई निजी क्षेत्रलाई प्रोत्साहन गर्ने र नागरिकलाई सामाजिक सुरक्षा प्रदान गर्ने सन्तुलित मोडल नै रास्वपाको दर्शन भएको उल्लेख गरेका छन्।

salt training

कमेन्ट गर्नुहोस्