
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अमेरिका र इरानबीचको प्राविधिक स्तरको वार्ता जुन २९ वा ३० मा स्विट्जरल्याण्डमा पुनः शुरू हुन सक्ने बताएका छन् ।
यी वार्ताहरू दुई देशहरूबीच हालै भएको युद्धविराम सम्झौतालाई अगाडि बढाउन आयोजना गरिँदैछ।
रुबियोले इरानलाई अमेरिकाले प्रदान गरेको प्रतिबन्ध राहत अस्थायी भएको पनि चेतावनी दिए ।
इरानले स्विट्जरल्याण्ड वार्तामा गरिएका वाचाहरू पूरा नगरे राष्ट्रपति डोनाल्ट ट्रम्पसँग प्रतिबन्धहरू पुन: लागू गर्ने विकल्प रहेको उनको भनाइ छ ।