०१ साउन २०८३, शुक्रबार

देशलाई फेरि एकपटक समाजवादी आन्दोलनतिर लैजान्छौं : प्रचण्ड

असार १२, २०८३
विराटनगर
देशलाई फेरि एकपटक समाजवादी आन्दोलनतिर लैजान्छौं : प्रचण्ड

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो राजनीतिक जीवनमा अझै एउटा निर्णायक ‘क्रमभंग’ बाँकी रहेको बताएका छन् ।

विराटनगरमा आयोजित प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले आफू राजनीतिबाट विश्राम लिने पक्षमा नरहेको स्पष्ट पारे । ‘प्रचण्डको अन्तिम क्रमभंग हेर्न बाँकी नै छ,’ उनले भने, ‘म बुद्ध भिक्षु भएर घण्टी बजाउन आएको होइन, फेरि एकपटक देशलाई समाजवादी आन्दोलनतिर लैजान क्रमभंग गरिनेछ ।’

प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीको वास्तविक चरित्र छिट्टै उदांगो भएको बताए । रास्वपालाई व्यङ्ग्यात्मक शैलीमा धन्यवाद दिँदै उनले भने, ‘उनीहरूले छिट्टै आफू को हो भन्ने कुरा क्लियर गरिदिए । अब हाम्रा साथीहरू उता जाने लोभ ६० प्रतिशतले घटिसकेको देखेको छु । पोले पनि घामै जाती, पिटे पनि आफ्नै आमा जाती, आफ्नै पार्टी जाती ।’

युवा पुस्तामा नेतृत्व सुम्पन आफू आतुर रहेको बताउँदै उनले अब यसलाई जिताउनुस् भनेर कसैलाई नतोक्ने र कार्यकर्ताको हातमा अधिकार दिने प्रतिबद्धता व्यक्त गरे । विगतका रणनीतिक गल्तीहरू सुधार्दै नयाँ ढङ्गको पार्टी निर्माण गर्ने उनको भनाइ थियो ।

salt training

कमेन्ट गर्नुहोस्