
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा सम्पन्न प्रथम महाधिवेशनले पार्टीको नयाँ नेतृत्व र केन्द्रीय कार्यसमिति चयन गरेको छ।
शुक्रबार सम्पन्न महाधिवेशनले ७ पदाधिकारी र ९९ केन्द्रीय सदस्य गरी कुल १०६ सदस्यीय समिति निर्वाचित गरेको हो।
महाधिवेशनबाट सभापति पदमा रवि लामिछाने र उपसभापतिमा डा. स्वर्णिम वाग्ले सर्वसम्मत रूपमा निर्वाचित भएका छन्। अन्य ५ पदाधिकारी भने निर्वाचन प्रक्रियामार्फत चुनिएका हुन्।
निर्वाचित पदाधिकारीहरूमा महिला उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिन कुमार आचार्य, सहमहामन्त्रीहरूमा हरि ढकाल र असिम शाह तथा महिला सहमहामन्त्रीमा निशा डाँगी रहेका छन्।
खुला तथा समावेशी समूहबाट निर्वाचित केन्द्रीय सदस्यहरू
राष्ट्रिय खुला समूहबाट ३२ जना सदस्यहरू निर्वाचित भएका छन्। जसमा डा. स्वर्णिम वाग्ले, सोविता गौतम, शिशिर खनाल, सागर ढकाल, डा. तोसिमा कार्की, रञ्जु दर्शना, मनिष झा, हरि ढकाल, कविन्द्र बुर्लाकोटी, विपिन कुमार आचार्य, रमेश प्रसाईं, विराज भक्त श्रेष्ठ, निशा डाँगी, इन्दिरा राना मगर, गणेश पराजुली, पुकार बम, जगदीश खरेल (ललितपुर), सुलभ खरेल, यज्ञमणि न्यौपाने, प्रमोद न्यौपाने, अस्मित पोखरेल, रिमा विश्वकर्मा, राजुनाथ पाण्डे, राजीव खत्री, समीक्षा बास्कोटा, गणेश कार्की, खगेन्द्र सुनार, असिम साह, हिमेश पन्त, जगदीश खरेल (दोलखा), गीता चौधरी र लिमा अधिकारी आचार्य रहेका छन्।
समावेशी समूहअन्तर्गत खस/आर्य कोटाबाट १० जना निर्वाचित भएका छन्। निर्वाचित हुनेहरूमा सुशान्त वैदिक, सुदीप ढकाल, हेमराज भट्ट, प्रदीप विष्ट, डिल्लिश्वर कार्की 'रोहन', प्रकृति ढकाल, टिका संग्रौला 'ज्वाला', क्रान्तिशिखा धिताल, जमुना शर्मा र सुशिला कार्की पोख्रेल छन्।
आदिवासी/जनजाति समूहबाट ९ जना निर्वाचित भएका छन्। जसमा मिलन लिम्बु, शंकर श्रेष्ठ, मिङ्मा डण्डु शेर्पा, महेश लामा, कृष्णमान श्रेष्ठ, आशिका तामाङ, अनुष्का श्रेष्ठ, निशा श्रेष्ठ र कुसुम महर्जन रहेका छन्।
मधेशी समूहबाट बब्लु गुप्ता, अरविन्द साह, दिपक कुमार साह, जुली यादव र कामिनी कुमारी चौधरी गरी ५ जना निर्वाचित भएका छन्। दलित समूहबाट विजय जैरु, शिव नेपाली, सविना वि.क. र खिमा बि.क. गरी ४ जना चयन भएका छन्। यस्तै थारु समूहबाट करिश्मा कठरिया र अशोक कुमार चौधरी तथा मुस्लिम समूहबाट समिना मिया र रहबर अंसारी केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।
प्रादेशिक क्लस्टरबाट निर्वाचित सदस्यहरू
महाधिवेशनले सातै प्रदेशबाट ५–५ जनाका दरले ३५ जना केन्द्रीय सदस्य चयन गरेको छ।
कोशी प्रदेशबाट निशा मेहता, विश्वराज पोखरेल, शोभा कार्की, कल्पना थापा र सुजाता तामाङ निर्वाचित भएका छन्।
मधेश प्रदेशबाट सुस्मा बस्नेत, सुनिता कुमारी चौधरी, नमिता यादव, मञ्जु सिंह र अंकित कुमार यादव चयन भएका छन्।
बागमती प्रदेशको प्रतिनिधित्व गर्दै प्रभा ढकाल, विदुषी राणा, आकांक्षा पोखरेल, अनिता श्रेष्ठ र पार्वती थापा केन्द्रीय समितिमा पुगेका छन्। गण्डकी प्रदेशबाट पवित्रा थापा, मनिष खनाल, सागर भुसाल, सोम शर्मा र विष्णु कुमारी गुरुङ (एकता) निर्वाचित भएका छन्।
त्यसैगरी, लुम्बिनी प्रदेशबाट कल्पना पाण्डे, संगिता ढकाल, ज्ञानु पौड्याल, देवराज पाठक र शर्मिला खनाल छानिएका छन्। कर्णाली प्रदेशबाट सिता बादी, विनिता कठायत, टासी ल्हाइगजोम, मेनुका शाही र प्रकाश न्यौपाने केन्द्रीय सदस्य बनेका छन्।
सुदूरपश्चिम प्रदेशबाट हेमराज थापा, के. पी. खनाल, दीपक राज बोहरा, जानीका जोशी र चन्द्रा ऐर चाँदनी निर्वाचित भएका छन्। रास्वपाको महाधिवेशन आइतबारदेखि सुरु भएको थियो ।
पार्टीको विधानअनुसार सभापति लामिछानेले अब थप १२ जना पदाधिकारीहरू मनोनीत गर्नेछन्, जसमा वरिष्ठ नेता १, उपसभापति १, महामन्त्री १, प्रवक्ता १, सह-प्रवक्ता ३, कोषाध्यक्ष १ र सह-कोषाध्यक्ष २ जना रहने रास्वपाले जनाएको छ । यस्तै ५२ जना केन्द्रीय सदस्य पनि मनोनीत हुनेछन् ।