२९ असार २०८३, सोमबार

गण्डकी प्रदेश सरकारको विनियोजन विधेयक बहुमतले पारित

असार १५, २०८३
कास्की
गण्डकी प्रदेश सरकारको विनियोजन विधेयक बहुमतले पारित

 गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयक बहुमतले पारित भएको छ । प्रदेशसभाको आइतबार बसेको बैठकमा आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनले प्रस्तुत गरेको उक्त विधेयक बहुमतले पारित भएको हो ।

बजेटको मन्त्रालयगत विनियोजन शीर्षकमा छलफलपछि विधेयक पारित गरिएको हो । यही असार १ गते मन्त्री शेरचनले रु ३२ अर्ब ९९ करोड ९९ लाखको बजेट प्रस्तुत गरेका थिए । 

बैठकमा मुख्यमन्त्री पाण्डेले आगामी आव २०८३/८४ को बजेट कार्यान्वयनमा स्रोतको कमी नहुने स्पष्ट पारेका छन् । सरकारले यथार्थ र कार्यान्वयनयोग्य बजेट ल्याएको उनको भनाइ थियो । “स्रोत सुनिश्चित गरेर बजेट ल्याइएको छ, कार्यान्वयनमा स्रोतको कमी हुँदैन”, मुख्यमन्त्री पाण्डेले भने । 

salt training

कमेन्ट गर्नुहोस्