३० जेठ २०८३, शनिबार

वायु सेवा निगमको जापान प्रतिनिधि फेर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

वायु सेवा निगमको जापान प्रतिनिधि फेर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौंनेपाल वायु सेवा निगमको जापानस्थित प्रतिनिधि परिवर्तन गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

आफूलाई प्रतिनिधिबाट हटाइएपछि निगमविरुद्ध आसुका ट्राभल्स एण्ड टुर्सका देवमान हिराचनले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको एक इजलासले अन्तरिम आदेश दिएको हो । साथै विपक्षीका नाममा कारण देखाऊ आदेश समेत जारी भएको छ ।

निगमको वाइड बडी विमानले जापानको ओसाका उडान गर्ने मिति समेत तय भइसकेको अवस्थामा हिराचनलाई प्रतिनिधिबाट हटाइएको थियो ।

११ वर्षअघिबाट बन्द भएको जापान उडान सुचारु गर्ने प्रक्रियामा हिराचनले निकै महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । 

निगमका कार्यकारी अध्यक्ष मदन खरेलले आफूलाई अन्यायपूर्ण ढंगले प्रतिनिधिबाट हटाएको भन्दै हिराचन अदालत गएका थिए ।

यससँगै हिराचनलाई जापानमा नेपाल एयरलाइन्सको प्रतिनिधित्व गरिरहने बाटो खुलेको छ ।

हिराचनका तर्फबाट वरिष्ठ अधिवक्ताहरू डा. भीमार्जुन आचार्य, टीकाराम भट्टराई र पूर्व महान्यायाधीवक्ता रमन श्रेष्ठले बहस गरेका थिए ।

निगमका तर्फबाट आगामी अगष्ट २९ का लागि ओसाका उडानको कार्यतालिका तय भएको छ ।

उडानका लागि तयारीलाई तीव्र बनाउनुपर्ने बेला निगमले प्रतिनिधि परिवर्तन गरेका थियो ।

पढ्नुहोस्, यो पनि :

वायु सेवा निगम डुबाउने खेलमा अध्यक्ष खरेल, जापानी आकाशमा पनि कालोसूचीमा पर्ने खतरा !

salt training

कमेन्ट गर्नुहोस्