बैशाख ४ - संगित क्षेत्रमा फरक प्रस्तुति दिएर दर्सक श्रोता माझ चर्चा कमाउँदै आएका गायक तथा गितकार रमेशराज भट्टराईको नयाँ गित सार्वजनिक भएको छ । भट्टराईका जति गित बजारमा आउँछन् सबै सबैको मन मस्तीकमा बस्दै आएका छन् ।
हालै बजारमा आएको ‘बहुला’ नामक गिती एल्वम बजारमा आएको छ । मायाँ प्रेममा आधारित गिति संग्रह ‘बहुला’ मा मायाँ प्रेममा गरिएको बाचा धोका परिणत भएपछी बहुला बनेका कथा बस्तुमा गित तयार गरिएको गायक भट्टराईले बताए । लोक दोहोरी क्षेत्रबाट परिचित भट्टराई सुगम संगित तिर निकै चर्चित गायकको रुपमा परिचित छन् ।
जव माया बस्छ अनि गरिन्छन् अनेकौ बाचा ति बाचा सफल मायाँको रुपमा परिणत नभएको कथा बस्तु गितमा समाबेश गरिएको छ । सुगम संगितमा थुप्रै गितहरु ल्याएर चर्चामा रहेका भट्टराईको पछिल्लो एल्वम पनि उत्तिर्कै चर्चामा रहने आकलन गरिएको छ ।
भट्टराईको आफनै लय शब्द एकल स्वर रहेको गितको हालै बजारमा अडियो मात्र सार्बजनिक गरेका छन् । नयाँ वर्ष बैशाख महिना लगनको शुभ अबसर पारेर सार्बजनिक गितको भिडियो केहि दिनमै तयार हुने भट्टराईले बताए । मायाँ तोडिए पछी बेहुली बेहुला बन्ने योजना असफल भएपछी बहुला भएको मुख्य कथा बस्तु गितमा रहेको भट्टराईले बताए । गितले युवा पिडिसबैको मन जित्नेमा आफु बिश्वस्त रहेको बताए ।