०९ साउन २०८३, शनिबार

महरा छुटेपछि बाबुरामको ट्वीटः 'मेरो अनुमान अनुरुप नै फैसला आएछ'

महरा छुटेपछि बाबुरामको ट्वीटः 'मेरो अनुमान अनुरुप नै फैसला आएछ'

संघीय समाजवादी फोरमका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले सार्वजनिक जिम्मेवारी बहन गर्ने व्यक्ति निजी जीवनमा पनि सतर्क रहनुपर्ने बताएका छन्।

निवर्तमान सभामुख कृष्णबहादुर महरा छुटेसँगै ट्वीट गर्दै उनले यस्तो धारणा राखेका हुन्।

संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको मुद्दा खेपिरहेका महरा जिल्ला अदालत काठमाडौँको आदेशमा रिहा भएका थिए।

उनी रिहा भएसँगै भट्टराईले उक्त मुद्दामा आफ्नो अनुमान अनुरुप नै फैसला आएको बताएका छन्।  

उनले ट्वीट गर्दै भनेका छन्, ‘महराको मुद्दा कानूनी नभएर नैतिक हो भन्ने मेरो अनुमान अनुरूप नै फैसला आएछ। शायद सत्य त्यही हो।'

 

salt training

कमेन्ट गर्नुहोस्