१८ असार २०८३, बिहीबार

कोरोनाविरुद्ध सतर्कता: प्रहरीले राजधानीका १६ स्थानमा जोड्यो हात धुने अस्थायी धारा [फोटोफिचर]

चैत ९, २०७६
कोरोनाविरुद्ध सतर्कता: प्रहरीले राजधानीका १६ स्थानमा जोड्यो हात धुने अस्थायी धारा [फोटोफिचर]

महानगरीय प्रहरी कार्यलय रानीपोखरीले काठमाडौं उपत्यकाका १६ स्थानमा साबुन पानीले हात धुनका लागि पानी ट्यांकी तथा साबुनहरूको व्यवस्था गरेको छ ।

महानगरीय प्रहरी कार्यलय रानीपोखरीको अगुवाइमा काठमाडौं, ललितपुर र भक्तपुरका सरकारी अस्पतालअगाडि साबुन पानीले हात धुनका लागि ५ हजार लिटरका ट्याङ्कीहरू राखिएको हो ।

विश्वभर फैलिरहेको नोभेल कोरोना भाइसर (कोभिड–१९) को संक्रमण रोक्नका लागि उपत्यकामा आवतजात गर्ने यात्रु र उपत्यकामा बस्ने स्थानीयलाई जनचेतना फैलाउनका लागि भीडभाड हुने स्थानमा साबुनपानी राखेर देशको एउटा जिम्मेवार संस्थाका तर्फबाट सचेतना शुरूवात गरेको महानगरीय प्रहरी कार्यलयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले बताए ।

‘कोरोनाको संक्रमण विषेश गरेर हातको माध्यम हुँदै सर्ने भएकाले यसलाई सफा राख्नका लागि हात धुनु अनिवार्य भएकाले शुरूवात गरेका हौं,’ डीआईजी पोखरेलले नयाँबानेश्वर चोकमा हात धुने धारा उद्घाटन गर्दै भने ।

देशलाई कोरोनाको संक्रमणबाट बचाउनका लागि हरेक ठाउँ, शहर र टोलटोलबाट आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्ने डीआईजी पोखरेलले बताए ।

ट्याङ्की नयाँबानेश्वर चोक, गौशालाको पशुपति क्षेत्र, वीर अस्पताल, टिचिङ अस्पताल महाराजगञ्ज, शुक्रराज ट्रपिकल तथा सरूवारोग अस्पताल, पाटन अस्पताल, भक्तपुर  क्यान्सर अस्पताल, जिल्ला जनस्वास्थ्य अस्पताल भक्तपुर लगायत उपत्यकाका काठमाडौं, भक्तपुर र ललिपुरका सरकारी अस्पताल अगाडि राखेको छ ।

महानगरीय प्रहरी कार्यलयले उपत्यकामा कार्यरत सबै प्रहरी कार्मचारीहरूलाई मास्क वितरण गर्न लागेको छ ।

salt training

कमेन्ट गर्नुहोस्