२९ जेठ २०८३, शुक्रबार

भारतमा ‘लक–डाउन’ हुँदा नेपालमा औषधि आपूर्ति रोकियो, पहल गरिदिन परराष्ट्र मन्त्रालयलाई पत्राचार

चैत १३, २०७६
भारतमा ‘लक–डाउन’ हुँदा नेपालमा औषधि आपूर्ति रोकियो, पहल गरिदिन परराष्ट्र मन्त्रालयलाई पत्राचार

दैनिक उपभोग्य सामग्री र औषधिको आपूर्तिमा असहजता भएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भारतसँग पहल गरिदिन परराष्ट्र मन्त्रालयलाई पत्र लेखेको छ ।

औषधि लगायत दैनिक उपभोग्य सामग्रीको आपूर्ति सहज गराउन भारतको सम्बन्धित निकायमा पत्राचार गरिदिन भन्दै उद्योगले परराष्ट्रलाई पत्र लेखेको हो ।

भारत सरकारले अवलम्बन गरेको ‘लक–डाउन’का कारण औषधि तथा दैनिक उपभोग्य सामग्रीको आपूर्तिमा असहजता भएको मन्त्रालयले पत्रमा उल्लेख गरेको छ ।

अत्यावश्यक वस्तुको आपूर्ति चक्रलाई सहज बनाउन भारत सरकारको सहयोग हुनुपर्ने भन्दै मन्त्रालयले भारतको सम्बन्धित निकायमा पत्राचार गरिदिन परराष्ट्र मन्त्रालयलाई अनुरोध गरेको छ ।

विशेष परिस्थितिमा मानव स्वास्थ्यमा कुनै सम्झौता नहुने गरी भारत र तेस्रो मुलुकबाट आउने दैनिक उपभोग्य खाद्यवस्तु र औषधिजन्य वस्तुको आपूर्ति व्यवस्थालाई सहज बनाउने गरी पत्र लेख्न उद्योगले परराष्ट्र मन्त्रालयलाई अनुरोध गरिएको छ ।

यस्तो छ उद्योगले परराष्ट्र मन्त्रालयलाई लेखेको पत्र –

salt training

कमेन्ट गर्नुहोस्