
बाजुराको बूढीनन्दा नगरपालिका–७ कालेगाडका घाइते एक बालकको बालकको बुधबार हेलिकोप्टर मार्फत उद्धार गरिएको छ।
बाजुराका प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेका अनुसार घरको आँगनमा खेलिरहेका महेश कार्कीका ५ वर्षीय छोरा खगेन्द्र कार्की मंगलबार लडेर घाइते भएका थिए। कोल्टी प्राथमिक स्वास्थ्य चौकीमा उपचार सम्भव नभएपछि सरकारले उनको उद्धार गरेको हो।
बालकको टाउको, शरीरमा चोट लाग्नाका साथै दुवै कानबाट रगत बग्न थालेपछि कोल्टीमा उपचार सम्भव नभएकाले नेपाली सेनाको एन ए ००५ नंको इक्युरेल हेलिकप्टरमार्फत उद्धार गरिएको छ । घाइते भएका बालकलाई थप उपचारका लागि नेपालगञ्जको कोहलपुर मेडिकल कलेजमा लगिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टराईले बताए।