×

NMB BANK
NIC ASIA

इन्सपेक्टर वाइबाको लोभलाग्दो सक्रियता– यसरी भयो ७ हजार मजदुरको उद्धार !

बीपी राजमार्गमा स्थानीय सरकारको उपस्थिति उदाहरणीय

बैशाख ५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

‘साप! फेरि ५०/६० जना जम्मा भइसके, के गरौं ?’ इलाका प्रहरी कार्यालय खुर्कोटकी इन्चार्ज प्रहरी इन्सपेक्टर शान्ता वाइबालाई मातहतको नेपालथोकबाट फोन आयो । 

Muktinath Bank

बिहीवार दिउँसो २ बजे यो फोन आउँदा वाइबा भर्खरै खाना खाएर कार्यकक्षमा प्रवेश गरेकी थिइन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘पख एकछिन, म गाउँपालिका अध्यक्षलाई फोन गर्छु , त्यतिञ्जेल उनीहरूको ज्वरो नाप्दै गर,’ वाइबाले जवाफ फर्काइन् । 


Advertisment
Nabil box
Kumari

त्यसपछि उनी सुनकोशी गाउँपालिका अध्यक्ष दीपा बोहरा दाहाललाई फोन गर्छिन् । गाउँपालिका अध्यक्षको मोबाइलमा सम्पर्क भएन । 

Vianet communication
Laxmi Bank

लगत्तै तिनै गाउँपालिका अध्यक्षका पति प्रदेश सांसद राजन दाहाललाई फोन गर्छिन् । ‘माननीयज्यू, अध्यक्षज्यूको त फोन सम्पर्क भएन, नेपालथोकमा फेरि ५०/६० जना जम्मा भएछन्,  के गर्ने होला ?’

आफ्नो क्षेत्रमा अलपत्र परेका पैदलयात्रुलाई उद्धार गरिरहेका दाहालले भने, ‘त्यता आउने जे–जे भेटिन्छन्, त्यसैमा राखेर खुर्कोटसम्म पठाइदिन्छौं । त्यसपछि समन्वयय गर्नुहोला ।’ 

वाइबाले फेरि गोलन्जोर गाउँपालिकाका अध्यक्षलाई फोन गर्छिन् । 

‘अध्यक्षज्यू फेरि ५०/६० जना आउँदै रहेछन् के गर्ने होला ? गाउँपालिका अध्यक्षले जवाफ फर्काए, ‘गाउँपालिकाको गाडी त्यतै होला । समन्वय गरेर पठाइदिनुस् न इन्सपेक्टर साप ।’

काठमाडौंबाट ८० किलोमिर पैदल हिडेर नेपालथोक पुगेका पैदलयात्रुलाई त्यहाँबाट प्रहरीले तीनवटा ट्रकमा खुर्कोटसम्म पठाइदियो । 

सुनसरी जाने गाडीमा चढेका ओखलढुंगा, खोटाङ र घुर्मीतिर जाने यात्रु त्यहीँ ओर्ले । सप्तरी सिराहा, महोत्तरी जाने यात्रुलाई तरकारी बोकेर आएको को१ख ८९४० नम्बरको ट्रकमा चढाएर पठाइदिइन् वाइबाले । 

‘कसैले स्वेच्छाले दिएछन् भने ठीकै छ, नत्र उनीहरूसँग भाडा नलिनुहोला । सबै मजदूर हुन्, भोकभोकै छन्,’ इन्सपेक्टर वाइबाले ड्राइभरलाई सम्झाइन् । 

‘गाडी नरोकी तपाईंहरू कोही पनि नओर्लिनु होला । कहाँ– कहाँ ओर्लने हो हामीले अगाडि ड्राइभरलाइ भनेका छौं,’ उनले यात्रुलाई सम्झाइन् । 

‘उनीहरूलाई पुग्नेजति पानी र बिस्कुट देऊ’ उनले प्रहरी हवल्दारलाई निर्देशन दिइन् । 

यो दृष्य विहीवार दिउँसो साढे ३ बजेतिर सिन्धुलीको बजार खुर्कोटको हो । लकडाउनका कारण सर्वसाधारण मजदुर पैदलै हिँडेर तराइ झर्ने क्रम ह्वात्तै बढेपछि उनीहरूको व्यवस्थापनको व्यस्तताले गर्दा वाइबालाई खाना खाने समय निकाल्न पनि गाह्रो परेको रहेछ । 

लकडाउन शुरू भएपछिका हरेक दिन राजमार्गमा थाकेर ढलेका, गलेका, भोकभोकै रहेका यात्रुको व्यवस्थापनमै वाइबाको समय बितेको छ । उनी हरेक दिन यसैगरी स्थानीय गाउँपालिकासँग समन्वय, गाडीको जोहो र पैदल यात्रुको उद्धारमा व्यस्त छिन् । 

‘लकडाउन थपिएको भोलिपल्ट यस्तै भीड लाग्छ । आज अलि नै धेरै पैदल यात्रु आएछन्,’ वाइबाले लोकान्तरसँग भनिन् । 

पठाइदिऊँ कि नपठाइदिऊँ धर्मसंकट !

सरकारले लकडाउनको अवधिमा सर्वसाधारणलाई एक ठाउँबाट अर्को ठाउँमा आवतजावत गर्न प्रतिबन्ध लगएको छ । तर दैनिक ज्यालादारी गर्ने मजदूरहरू सयौंको संख्यामा बीपी र पृथ्वी राजमार्ग हुँदै काठमाडौंबाट बाहिरिएका छन् । 

सुख्खा चिउरा र चाउचाउको भरमा पैदलै हिडेर लामो यात्रा गरिरहेका यात्रुहरू थकाइले लखतरान परेका छन् । कोही विरामी पर्न थालेका छन् । कोहीको खुट्टा फुटेर रगत आएको छ । कोही खोच्याइखोच्याइ हिँडेका छन् । कोही चर्को गर्मीले बेहोस् हुने अवस्थामा पुगेका छन् ।  

‘गाडीमा पठायो भने कसैले किन पठाएको भन्छन्, नपठाउँ राजमार्गमा अलपत्र पर्दा पनि प्रहरीले केही गरेन भन्छन्,’ वाइबाले लोकान्तरसँग गुनासो गरिन्, ‘हाम्रो क्षेत्रका सर्वसाधारणलाई लकडाउनको पालना गर्न घरबाट बाहिर निस्कन दिएका छैनौं । राजमार्गमा अलपत्र परेकाहरूलाई जिल्लासँग समन्वय गरेर सकेसम्म उद्धार गरेका छौं ।’

सिन्धुली जिल्लाका प्रहरी प्रमुखको निर्देशन र सुझावमा अलपत्र पैदल यात्रुको उद्धार गरेको वाइबाले वताइन् ।

‘हाम्रो इलाकाका स्थानीयलाई पनि घर बाहिर निस्कन दिनु भएन त । अन्य जिल्लाबाट हिँड्दै यहाँसम्म आइपुगेका र प्रहरीको सहयोग मागेकालाई यत्तिकै अलपत्र पार्न त भएन नि !’ उनले थपिन् । 

सिन्धुली जिल्लामा पर्ने बीपी राजमार्गको ८७ किलोमिटरमध्ये ५२ किलोमिटर इलाका प्रहरी कार्यालय खुर्कोटले हेर्ने गर्दछ ।

प्रदेश नम्बर १ का सबै जिल्ला तथा प्रदेश नम्बर २ का सप्तरी, सिरहा, महोत्तरी, धनुषा लगायतका जिल्लाका काठमाडौंमा रहेका मजदुरहरू लकडाउनपछि यही बाटो भएर तराई झरेका छन् । 

‘गोलन्जोर गाउँपालिकाले टिप्पर किनेको रहेछ । अहिले राजमार्गमा हिँडन नसकेर अलपत्र परेका यात्रुलाई त्यही टिप्परमा बसाएर पठाइदिने गरेका छौं, अरू जे भेटिन्छन् त्यही गाडीमा पठाएका छौं,’ उनले भनिन् । 

बिहीवार सिन्धुलीकी प्रहरी प्रमुख एसपी रञ्जु सिग्देलले सिद्धबाबा माविको स्कूल बस पठाइदिएपछि त्यसमा केही यात्रुको उद्धार गरिएको वाइबाले बताइन् । नेपालथोक र खुर्कोटमा पैदलयात्रुको ज्वरो नापेर मात्र उनीहरूलाई गन्तव्यतर्फ पठाउने काम भइरहेको छ ।

अत्यावश्यक खाद्य सामाग्री, एम्बुलेन्स र सूचना विभागको परिचयपत्र भएका पत्रकार सवार प्रेसका गाडी बाहेक अन्य सवारीलाई बीपी राजमार्गमा पूर्ण रूपमा निषेध गरिएको उनले बताइन् ।

‘कोही–कोही हाम्रो प्रहरीलाई छक्काउँदै ट्याक्सी लिएर पनि आउनु भएको पाइयो । उनीहरूलाई सम्झाएर जताबाट आएको हो उतै पठाउने काम गरेका छौं,’ उनले भनिन् ।

काठमाडौंमा पैसा र खानेकुरा सकिएपछि पैदल आफ्नो जन्मथलो हिँडेकाको पीडा बुझेर उनीहरूलाई खाने कुराको समेत बन्दोबस्त गरिएको उनले जानकारी दिइन् ।

‘पैदल हिँड्दै आउनुभएका नागरिक हाम्रो इलाकाका प्रहरी कार्यालयमा पुगेर सहयोग माग्नुहुन्छ, कतिपयले मलाई फोन गरेर पनि सहयोग माग्नुहुन्छ,’ उनले थपिन्, ‘शुरूमा हाम्रा साथीहरूले घरघरै केही मागेर ती पैदलयात्रुलाई खाने कुरा दिनुभएछ । मैले थाहा पाएपछि यो त भएन भन्ने लाग्यो । त्यसैले स्थानीय व्यापारी, खाद्य स्टोर सञ्चालक, वडा प्रतिनिधि र समाजसेवीसँग समन्वय गरेर खाद्य सामग्री जुटाएका छौं, गाडीमा पुर्‍याइदिनेसँग खान पनि दिने गरेका छौं ।’  

राजमार्गमा अलपत्र यात्रुको उद्धारमा गम्भीर छौं: गाउँपालिका अध्यक्ष

बीपी राजमार्ग भएर नेपालथोक आउने यात्रुलाई सीडीओ, एसपी र इलाका प्रहरी कार्यालय खुर्कोटसँग समन्वय गरेर जिल्ला कटाइदिने गरेको सुनकोशी गाउँपालिकाकी अध्यक्ष दीपा बोहोरा दाहालले लोकान्तरलाई बताइन् ।

‘लकडाउन शुरू भएपछि अस्ति (बुधवार)सम्म ६ हजार ७ सय ८७ जनालाई उद्धार गरेर गन्तव्यसम्म पठाइदिएका छौं । हिजो र आजपनि संख्या उत्तिकै छ । अहिलेसम्म सात हजारभन्दा बढीको उद्धार गरिसक्यौं,’ अध्यक्ष बोहोराले शुक्रवार भनिन्, ‘आजपनि ३ वटा टिप्पर, २ वटा मिनीट्रक र गाउँपालिकाको गाडीमा यात्रुलाई खुर्कोटसम्म पठाएका छौं, म अहिले पनि सडकमै छु ।’

‘खुर्कोटसम्म पठाएपछि अर्को गाउँपालिकाले प्रहरीसँग समन्वय गरेर पठाउँछ ।  स्थानीय समाजसेवी दाजुहरूका गाडी निःशुल्क प्रयोग गरेर खुर्कोट र घुर्मीसम्म पठाएका छौं,’ अध्यक्ष बोहोराले थपिन् । 

'अब त बाँचिने भयो, घर आइपुगेजस्तै भयो'

काठमाडौंबाट रातदिन हिँडेर नेपालथोक पुगेका ओखलढुंगा मानेभञ्जाङ ३ का लालबहादुर राई प्रहरीले गाडीमा उद्धार गरेपछि हर्षित देखिए । 

‘बुधवार बिहान ३ बजे उठेर हिडेको थिएँ । राति २ घण्टा आराम गरेपछि फेरि हिँड्न शुरू गरेँ र आज दिउँसो ३ बजे नेपालथोक आइपुगेको थिएँ, प्रहरीले उद्धार गर्‍यो । अब त घर पुगिने भैयो,’ राईले प्रहरीलाई धन्वयाद दिँदै लोकान्तरलाई बताए । 

रामेछाप वसन्तपुरका विष्णु–पवित्रा थापाको परिवारमा पनि प्रहरीले उद्धार गरेपछि गन्तव्यमा पुगिने विश्वास जागेको छ । ‘ललितपुर गोदावरीमा मजदूरी काम गर्दै आएका थियौं, पैसा सकिएपछि घर हिँडेका हौं । बीच बाटोमा नानी हिँड्न नसक्दा नेपालथोकसम्म आउन ३ दिन लाग्यो,’ छोरीलाई गाडीमा राख्दै थापाले भने, ‘अब त घर पुगिने भैयो ।’

हिँड्दाहिँड्दै थाकेका, सरकारलाई गाली गरिरहेका मजदुरहरू प्रहरी र स्थानीय सरकारले गाडी जुटाएर गन्तव्यमा पठाइदिएपछि चाहिँ सरकारसँग खुशी भएका देखिन्थे । 

‘कति त हाम्रो कार्यालय भित्रै आउनुहुन्छ, खान पाइएन । हिँड्न सकिएन भन्नुहुन्छ,’ इन्सपेक्टर वाइबाले भनिन्, ‘जब हामी खानेकुरा दिन्छौं र गाडीमा चढाएर गन्तव्यतर्फ पठाइदिन्छौं, उहाँहरू एकदमै खुशी देखिनुहुन्छ ।’

खानेकुरा र गाडी चढ्न पाएपछि सरकारले दुःख परेका बेला हेर्दो रहेछ भनेर प्रतिक्रिया दिएको आफूले सुनेको वाइबाले लोकान्तरलाई बताइन् ।

उनले नेपालथोकसम्म आइपुग्ने पैदल यात्रुको उद्धारमा निरन्तर लागिरहने योजना पनि सुनाइन् । 

सवारी पास नलिई नहिँड्न र प्रहरीलाई छक्काएर उम्कन सक्छु भनेर नसोच्न उनले सम्बन्धित यात्रुलाई आग्रह गरिन् ।

 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x