२५ असार २०८३, बिहीबार

हिमपहिरोमा हराएका सबैको शव फेला, शुक्रवार थप २ भेटिए

बैशाख १९, २०७७
हिमपहिरोमा हराएका सबैको शव फेला, शुक्रवार थप २ भेटिए
फाइल तस्वीर

अन्नपूर्ण आधार शिविर (एबीसी) पदमार्ग क्षेत्रमा हिमपहिरोमा परेर हराएका थप एक नेपाली र एक कोरियनको शव फेला परेको छ ।

योसँगै हिमपहिरोमा हराएका ३ नेपाली र ४ कोरियन गरी ७ जनाको शव फेला परेको हो । पदयात्राका क्रममा माघ ३ मा आधार शिविर पदमार्गमा उनीहरु हिमपहिरोमा पुरिएका थिए ।

पटक पटक गरी यसअघि २ नेपाली र ३ कोरियनको शव भेटिएकोमा बाँकी २ को खोजी जारी रहेको थियो ।

कास्कीका प्रहरी प्रवक्ता डिएसपी राजकुमार केसीका अनुसार सेना र प्रहरीको टोलीले शुक्रबार बिहान ती २ को शव फेला परेको थियो ।

बाक्लो हिमपातले यसअघि उनीहरुलाई फेला पार्न सकिएको थिएन । शव हेलिकप्टरबाट पोखरा ल्याउने तयारी भएपनि मौसममा खराबी आएकोले ढिलाइ भएको उनले बताए ।

यसअघि भेटिएका सबैजसोको शव परिवारलाई बुझाइसकिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्