२० असार २०८३, शनिबार

फेवातालमा युवकको शव फेला

बैशाख २८, २०७७
फेवातालमा युवकको शव फेला
फाइल तस्वीर

पोखराको फेवातालमा एक युवक मृत फेला परेका छन् ।

आइतवार बिहान तरकारी किन्न भन्दै निस्केका ४० वर्षीय राजु बास्तोलाको शव तालमा तैरिरहेको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । पोखरा १८ घर भएका उनी विन्ध्यवासिनी नजिक बस्दै आएका थिए ।

तर उनको मृत्युको कारण भने नखुलेको र अनुसन्धान शुरू भएको वडा प्रहरी कार्यालय बैदामका डिएसपी यादव ढकालले जानकारी दिए ।

गत शुक्रवार पनि फेवामा एक युवकले दौडिदै हाम फालेर ज्यान गुमाएका थिए । उनको पहिचान खुलेको छैन ।

salt training

कमेन्ट गर्नुहोस्