×

NMB BANK
NIC ASIA

एक हप्ताभित्रै सञ्चालनमा आउँदै धनगढीको कोरोना विशेष अस्पताल

जेठ ६, २०७७

NTC
Premier Steels

भौतिक संरचना निर्माण सम्पन्न भैसकेको धनगढीस्थित कोरोना विशेष अस्पताल १ हप्ताभित्रै सञ्चालनमा ल्याउने तयारी थालिएको छ ।

Muktinath Bank

कोभिड–१९ को उच्च जोखिममा परेयता निर्माण थालिएको सो अस्पताल अबको १ हप्ताभित्रै सञ्चालनको तयारी थालिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले केही दिनभित्रै निर्माण पक्षले भवन हस्तान्तरण गरे लगत्तै सञ्चालनमा ल्याइने जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

महाशाखा प्रमुख कार्कीले भने–‘भवन हस्तान्तरण संगै बिजुली, खानेपानी, अक्सिजन जडान गर्न बाँकी छ । तर ६२ वटा बेदहरु तयारी अवस्थामा छन् । अबको एकहप्ताभित्रै सञ्चालन गर्ने योजनामा छौ ।’

Vianet communication

रोगको संक्रमण बढ्दै गएको बेला सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा कोरोना विशेष अस्पताल निर्माण थालिएको हो । सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा १ महिनामै ५० शैयाको कोरोना विशेष अस्पताल तयार पारिएको हो । जिल्ला समन्वय समिति कैलालीको जग्गामा अस्पताल निर्माण गरिएको छ ।

वैशाख १ गतेदेखि निर्माणको काम सुरु गरिएको अस्पतालको भौतिक संरचना वैशाख ३१ गते नै पूरा भएको जनाइएको छ । निर्माण गरिएको अस्पताल सेती प्रादेशिक अस्पतालको मातहतमा रहने भएको छ । अस्पतालको सञ्चालन नै सेती प्रादेशिक अस्पतालमार्फत हुने महाशाखा प्रमुख कार्कीको भनाइ छ ।

प्रदेश सरकारले धनगढीमा कोरोना विशेष अस्पताल निर्माणका लागि १ करोड रुपियाँ बजेट विनियोजन गरेको थियो । ठेकेदार रोहित रानाको किनारा कन्स्ट्रक्सन प्रालिले ९४ लाख रुपियाँमा ठेक्का प्राप्त गरेर अस्पताल निर्माणको काम गरेको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।

‘प्रदेश सरकारले यो अस्पताल निर्माणका लागि एक करोड रुपियाँ बजेट छुट्टयाएको थियो’, महाशाखा प्रमुख कार्कीले भने, ‘तर, ९४ लाख रुपियाँको ठेक्का स्वीकृत भइ अस्पताल निर्माण भएको छ ।’

नेपालमै भएको निर्माण सामग्री प्रयोग गरेर कोरोना विशेष अस्पताल तयार पारिएको जनाइएको छ । ‘प्रि–फ्याब हाउस’ तयार पारिएकाले समयमै निर्माण कार्य सम्पन्न भएको जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले बताए । 

यो संगै कञ्चनपुरको भीमदत्त नगरपालिकामा पनि ५० शैयाकै कोरोना विशेष अस्तालको निर्माण थालिएको छ । प्रदेश सरकारकै १ करोड बजेटमा निर्माण हुने सो अस्पतालको निर्माण कार्य भने निकै सुस्त रहेको पाइएको छ । स्वास्थ्य महाशाखा प्रमुख कार्कीले हालसम्म ४० प्रतिशत निर्माणको कार्य मात्रै भएको जानकारी दिए ।

मुलुकको अन्य प्रदेशमा जस्तै सुदूरपश्चिम प्रदेश पनि कोरोनाको जोखिम क्षेत्रमा पर्दछ । कैलालीको ४ र कञ्चनपुरको १ गरी सुदूरपश्चिम प्रदेशमा ५ जना कोभिड–१९ संक्रमित थिए । तर उनीहरु उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x