
कोरोना संक्रमण पुष्टि भएकी एक महिलाले ३ जिल्ला घुमेको पाइएको छ ।
रूपन्देहीको तिलोत्तमा कोटिहवाकी २४ वर्षिया महिला वैशाख १९ गतेदेखि जेठ ५ गतेसम्म रुपन्देही, नवलपरासी र काठमाडौंमा पुगेको पाइएको हो ।
उनको संक्रमणको पुष्टि मंगलवार भएको थियो । उनी प्रदेश ४, गण्डकी र बाग्मती प्रदेश घुमेको देखिएको छ ।
उनी वैशाख १९ गते पूर्वी नवलपरासीको देवचुली नगरपालिका– २ (माइती घर) मा पुगेकी थिइन् । माइती घरमा उनी ९ दिन बसिन् ।
त्यसपछि आफ्ना श्रीमानसँग २९ गते मोटरसाइकलमा काठमाडौं पुगेकी उनले जेठ ५ गते स्वाब परीक्षण गर्न दिइएकी थिइन् ।
काठमाडौंको कंलकीमा डेरामा बस्ने उनीहरू दुवैलाई घरबेटीले स्वाब परीक्षण गर्न सुझाव दिएको बताइएको छ ।
दुई जनामध्ये महिलाको मात्र मंगलवार पोजेटिभ रिपोर्ट आएको हो । दुवैजना काठमाडौंमा जागिर गर्ने बताइएको छ ।
संक्रमित जिल्लामा रहँदा उनीसँग सम्पर्कमा आएका १२ जनाको बुधबार स्वाब संकलन गरेर परीक्षणका लागि भरतपुर पठाइएको स्वास्थ्य कार्यालय पूर्वी नवलपरासीका प्रमुख केशव चापागाईंले बताए ।
