×

NMB BANK
NIC ASIA

अनियमितता

पत्याउनुहुन्छ ? ३५ हाँस पाल्नेलाई सुदूरपश्चिम सरकारबाट ५ लाख अनुदान

जेठ २७, २०७७

NTC
Premier Steels

सुदूरपश्चिम प्रदेश सरकारले व्यवसाय नै नगर्ने र मापदण्ड नै नपुगेका व्यक्ति तथा फर्मलाई सरकारी अनुदानको लागि छनोट गरेको पाइएको छ ।

Muktinath Bank

सुदूरपश्चिम प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरले मापदण्ड नै नपुगेका व्यक्ति, फर्म र समूहलाई अनुदानको लागि सिफारिस गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन्त्री तथा नेताको पहुँचको आधारमा सो अनुदानको रकम वितरण थालिएको पाइएको छ । हाँस प्रवद्र्धन कार्यक्रम, एकीकृत पशु विकास कार्यक्रम तथा लोकल कुखुरा, लेयर्स कुखुरा, बोइलर कुखुरा, बाख्रा, भैंसी, दुग्ध प्रशोधन कार्यक्रम लगायतको नाममा करोडौं रकम वितरण गर्न थालिएको हो ।


Advertisment
Nabil box
Kumari

पशु सेवा विज्ञ केन्द्रकै न्यूनतम छनौट मापदण्ड अनुसार हाँस प्रवद्र्धन कार्यक्रमको लागि कम्तिमा ५०० वटा हाँससहित व्यावसायिक हाँस पालन गर्नुपर्ने, एकीकृत पशु विकास कार्यक्रम (हाँस, बंगुर, माछा) को लागि खोर, पोखरी सहितको भौतिक संरचनामा व्यावसायिक रुपमा खेती खेतीको हुनुपर्ने, कुखुरा प्रवद्र्धनको लागि १ हजारभन्दा बढी कुखुरा हुनुपर्ने, बाख्रापालनको हकमा कम्तिमा माउ बाख्रा ५० वटाभन्दा बढी हुनेलगायत मापदण्ड तोकिएको छ तर ३५ देखि १०० वटा मात्रै हाँस पाल्नेलाई हाँस कार्यक्रमको अनुदान दिन थालिएको छ ।

Vianet communication

गत मंसिरमा अनुदानको लागि प्रस्ताव आह्वान गरेको ज्ञान केन्द्रले आफ्नै छनोट मापदण्डलाई लत्याउँदै कैलालीको कैलारी गाउँपालिका–५ स्थित अरुण एण्ड रुस्टम कृषि फर्मलाई एकीकृत पशु विकास कार्यक्रमको लागि छनोट गरेको छ । हाल सो फर्ममा ३५ वटा हाँस, ३ वटा बंगुरसहित पोखरीमा माछापालन हुँदै आएको फर्मका सञ्चालक रामचन्द्र चौधरीले बताए । जारी लकडाउनको कारण मापदण्डमा तोकिए बमोजिमको शर्त पूरा गर्न नसकेको उनको भनाइ छ ।

करीब १०० वटा मात्रै हाँसपालन गरेको कैलारी गाउँपालिका–५ स्थित बौखाही पोल्टी फर्म पनि छनोटमा परेको छ । फर्मका सञ्चालक रवि चौधरीले पनि लकडाउनकै कारण तोकिएका हाँस हाल्न नसकेको सुनाए ।

यी प्रतिनिधि उदाहरण मात्रै हुन् । भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको कैलाली र कञ्चनपुर जिल्लामा सञ्चालन भएको अनुदानका अधिकांश कार्यक्रमहरू न्यूनतम मापदण्ड नै पूरा नगरी वितरण गरिरहेको स्रोतको दाबी छ ।

पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरका सूचना अधिकारी शंकरदत्त जोशीले अनुदान कार्यक्रमको लागि छनोट प्रक्रिया पूरा भएको बताउँदै अनुदान रकम भने वितरण गर्न बाँकी रहेको बताए । जनशक्ति अभावका कारण स्थानीय तहसँग समन्वय गर्दै छनोट गरेको बताउँदै सूचना अधिकारी जोशीले मापदण्ड अनुसार नभएको भेटिए सोही अनुसार कदम चालिने बताए ।

जोशीले कतिपय अनुदानको कार्यक्रम तोकिएकै स्थानीय तहमा मात्रै सञ्चालन गर्नुपर्ने बाध्यता रहेको सुनाउँछन् । राजनीतिक पहुँच र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरी लगायतलाई इंगित गर्दै सूचना अधिकारी जोशीले निश्चित स्थानीय तह तथा क्षेत्रमा मात्रै सञ्चालन गर्नैपर्ने भएकाले मापदण्ड अनुसार नपुग्दा कतिपय कार्यक्रम ‘ब्रेक डाउन’ (खण्डित) गरेर अनुदानका प्रस्तावकलाई छनोटमा पारेको बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x