१० साउन २०८३, आइतबार

मुस्ताङमा पनि कोरोना, गण्डकीमा थप ५० संक्रमित फेला

असार ६, २०७७
मुस्ताङमा पनि कोरोना, गण्डकीमा थप ५० संक्रमित फेला
प्रतिकार्यात्मक तस्वीर।

गण्डकी प्रदेशकाे मुस्ताङ जिल्लामा पनि काेराेना भाइरसकाे संक्रमण फैलिएकाे छ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार मुस्ताङको घरपजोङ गाउँपालिकाका ८३ वर्षीय पुरुषमा काेराेना पुष्टि भएकाे हाे।

​गण्डकी प्रदेशमा पछिल्लाे २४ घन्टामा काेराेनाका थप ५० जना संक्रमित फेला परेका छन्। जसमा तनहुँका २, बागलुङका २९, नवलपरासी (सुस्ता पूर्व) का १८ र मुस्ताङका १ जना रहेका छन्।

यससँगै गण्डकीमा कुल काेराेना संक्रमितकाे संख्या ४ सय ८८ पुगेकाे छ।

 

salt training

कमेन्ट गर्नुहोस्