०९ साउन २०८३, शनिबार

स्याङ्जा सिरूबारीका काेराेना संक्रमित ५५ वर्षीय पुरूषकाे पाेखरामा निधन

असार ११, २०७७
स्याङ्जा सिरूबारीका काेराेना संक्रमित ५५ वर्षीय पुरूषकाे पाेखरामा निधन

काेराेना भाइरस संक्रमितकाे पाेखरामा उपचारक्रममा मृत्यु भएकाे छ ।

पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालकाे आइसियूमा उपचाररत उपचाररत स्याङ्जा सिरुबारीका ५५ वर्षीय पुरुषकाे बुधबार राति ११ बजेर ३५ मिनेटमा निधन भएकाे अस्पतालले विज्ञप्तिमार्फत पुष्टि गरेकाे हाे । 

संक्रमित ती व्यक्ति उपचारकाे लागि असार ८ मा अस्पतालकाे अाइसियू कक्षमा भर्ना भएका थिए ।

उनी काेभिड १९ सहित निमाेनिया र मधुमेह राेगबाट समेत ग्रस्त रहेकाेले पछि भेन्टिलेटरमा राखी उपचार भैरहेकाेमा निधन भएकाे अस्पतालका निर्देशक सह प्राध्यापक डा अर्जुन आचार्यले जनाएका छन् ।

यसअघि काेराेनाबाट स्याङ्जा वालिङ ३  का ५८ वर्षे पुरुषकाे निधन भइसकेकाे छ । उनकाे जेठ २३ मा पाेखरामै उपचार क्रममा निधन भएकाे हाे ।

गण्डकीमा कुल ७ सय ५३ जना संक्रमित भएका छन् । बिहीबारमा थप ११ जनामा काेराेना पुष्टि भएकाे प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ । 


 

salt training

कमेन्ट गर्नुहोस्