×

NMB BANK
NIC ASIA

ओली नआएपछि सीमा समस्या समाधानमा केन्द्रित रह्यो नेकपा स्थायी कमिटीको दोस्रो दिनको बैठक

असार १२, २०७७

NTC
फाइल फोटो
Premier Steels

नेकपा स्थायी कमिटीका बहुसंख्यक सदस्यहरूले अतिक्रमित नेपाली भूमि समेटेर नयाँ नक्सा जारी गरेकोमा सरकारलाई धन्यवाद दिँदै नक्सामा आएको नेपाली भूमिमा नेपालको भोगचलन कायम गराउनेतर्फ लाग्न सुझाव दिएका छन् ।

Muktinath Bank

उनीहरूले कालापानीका अतिरिक्त सुस्ता लगायतका क्षेत्रमा रहेको सीमा विवाद समाधानमा पनि सरकारको ध्यानाकर्षण गराए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बसेको नेकपा सचिवालयको दोस्रो दिनको बैठकमा बोल्ने १८ जना सदस्यले नयाँ नक्सा जारी गरेकोमा सरकारलाई धन्यवाद दिँदै नेपाली भूमि फिर्ता ल्याउन छिटो कूटनीतिक वार्ता गर्न आग्रह गरेका हुन् । 


Advertisment
Nabil box
Kumari

शुक्रवार नारायणकाजी श्रेष्ठ, भीम रावल, शंकर पोखरेल, पम्फा भुसाल, गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, लीलामणि पोखरेल, बेदुराम भुसाल, रघुवीर महासेठ, मुकुन्द न्यौपाने गणेश साह र केशव बडालले बोलेका थिए ।

Vianet communication

‘नक्सा प्रकाशित भएपछिको ऐतिहासिक पहलकदमीलाई तार्किक निष्कर्षमा पुर्‍याउन अझै दृढताका साथ लाग्न र सुस्ता लगायतका क्षेत्रमा रहेका सीमा समस्या समाधान गर्न सदस्यहरूले जोड दिनुभएको छ,’ बैठकपछि प्रवक्ता श्रेष्ठले भने । 

सदस्यहरूले नेपाल–भारत प्रबुद्ध समूह (ईपीजी)को प्रतिवेदन कार्यान्वयनमा ल्याएर दुई देशको सम्बन्धलाई नयाँ उचाइमा पु-याउनका लागि सो प्रतिवेदन छिटो बुझ्ने वातावरण बनाउन आग्रह गरेका थिए । 

भारतसँगको सीमा समस्या समाधानबारे परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेकपा सचिवालय बैठकलाई ब्रिफिङ गरेका छन् । 

बैठकमा मन्त्री ज्ञवालीले गत नोभेम्बरमा भारतले नयाँ नक्सा जारी गरेपछि उत्पन्न समस्या समाधानका लागि सरकारले गरेको प्रयासबारे जानकारी गराए । 

मन्त्री ज्ञवालीले भारतसँग नोभेम्बर, डिसेम्बर र जनवरीमा वार्ताका लागि पहल गरेपनि भारतले चासो नदेखाएको बैठकलाई जानकारी गराएको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जानकारी दिए । भारतले नयाँ नक्सा प्रकाशित गरेलगत्तै कूटनीतिक नोट पठाएर विरोध जनाएको मन्त्री ज्ञवालीले बताए । 

सीमा समस्या समाधानको विषयमा सदस्यहरूले बोल्ने क्रम जारी रहेको प्रवक्ता श्रेष्ठले बताए । नेकपा बैठकका लागि सरकारको कामको समीक्षा, पार्टीको कामको समीक्षा, अमेरिकी सहयोगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लगायतका ७ एजेण्डा छन् । 

बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित थिए । बैठकको अध्यक्षता अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए । महासचिव विष्णु पौडेलले प्रधानमन्त्री ओली आजको बैठकमा उपस्थित हुन नसक्ने जानकारी गराएको प्रवक्ता श्रेष्ठले बताए । 

बुधवार शुरू बैठकमा ओलीले मन्तव्य राख्दै सरकारको काम कारवाहीको बचाउ गरेका थिए । उनले बैठकमा स्वस्थ आलोचना सहित रचनात्मक सुझाव दिन आग्रह गरेका थिए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x