
प्रेमी प्रेमिकाका लागि ब्रेकअपसँग जुध्न त्यति सजिलो काम होइन । प्रेमको सम्बन्ध जब अचानक खतम हुन्छ त्यतिबेला कसैलाई पनि आफूलाई सम्हाल्न कठिन लाग्छ ।
खासगरी यस्तो समस्या लक-डाउनका बेलामा ब्रेकअप हुनेहरूका लागि बढी देखिन्छ किनभने घरमै बिनाकाम बस्दा पुरानो कुराहरूमा धेरै ध्यान जान सक्छ ।
सामान्यतयाः ब्रेकअपबाट बाहिर आउनका लागि बाहिरी संसारमा आफूलाई व्यस्त राख्नुपर्छ । साथीभाइहरूसँग भेटघाट, आफ्नो सोखअनुसारको काम गर्दा ब्रेकअपको पीडाबाट मुक्त हुन सकिन्छ । तर लक-डाउनको समयमा त्यो सम्भव हुँदैन ।
केही तरिकाहरू अपनाएर यस्तो बेलामा पनि ब्रेकअपबाट माथि आउन सकिन्छ । त्यसका लागि पहिला तपाईं अनलाइनमा मोटिभेसनल फिल्म हेर्न सक्नुहुन्छ ।
बाहिर जान नपाएर के भो त, अतीतबाट बाहिर निस्किन तपाईंले इन्टरनेटमा ज्ञानवर्द्धक फिल्महरू हेर्न सक्नुहुन्छ । त्यस्ता भिडियोहरू हेर्न सकिन्छ जसबाट आफ्नो अतीतलाई भुल्न सकियोस् ।
ब्रेकअपको पीडाबाट बाहिर आउन फोन या इन्टरनेटमार्फत आफ्ना मिल्ने साथीहरूसँग कुरा गर्न सकिन्छ । यसले तपाईंको मन हल्का गराउँछ । यस्तो कुराकानी गर्दा राजनीतिक विषय, मनपर्ने पुस्तकको विषय छान्न सकिन्छ ।
ब्रेकअपको पीडाबाट बाहिर निस्किन राम्रो किताब पढ्न सकिन्छ । घरमै बसेर गर्न सकिने काममध्ये किताब पढ्नु पनि एक हो । किताब पढ़नाले सकारात्मक ऊर्जा आउँछ ।
अनलाइन डेटिङ अर्को एउटा उपयुक्त उपाय हुन सक्छ । पुरानो सम्झनालाई भुलाउने एक माध्यम यो पनि हो । अनलाइन डेटिङका लागि उपयुक्त वेब साइट छान्नुपर्छ । यद्यपि यसमा गोपनीयता भने अपनाउन सकिन्छ ।