×

NMB BANK
NIC ASIA

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पाचौं स्थायी कमिटी बैठकको तेस्रो दिन प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली शुरूमा एकछिन बसेर निस्किएका छन् ।

Muktinath Bank

तेस्रो दिनको बैठक शनिवार बिहान ११ बजेदेखि प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा जारी छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘उहाँ आएर एकछिन बसेर निस्किनुभो,’ एक स्थायी कमिटी सदस्यले लोकान्तरलाई बताए ।


Advertisment
Nabil box
Kumari

शुक्रवार बसेको दोस्रो बैठकमा ओली उपस्थित थिएनन् । ओली उपस्थित नभएपछि अष्टलक्ष्मी शाक्य, भीम रावल लगायतका स्थायी कमिटी सदस्यहरूले किन उपस्थित नभएको भन्दै प्रश्न गरेका थिए । 

Vianet communication

उनीहरूले दैलोमै बसेको बैठकमा सहभागी नहुनु राम्रो नभएको भन्दै प्रतिवाद गरेका थिए । प्रधानमन्त्री सहभागी नहुने हो भने बैठक पार्टी कार्यालय धुम्बाराही सार्नुपर्ने उनीहरूको माग थियो । 

शुक्रवार ओली उपस्थित नहुनुको कारण बैठकमै माग गरिएपछि शनिवारको बैठकमा एकछिन मात्र मुख देखाउन आएका थिए ओली । ‘मुख देखाउन आउनुभएको रहेछ, फोटोग्राफरले फोटो खिचेपछि निस्किनुभयो,’ लोकान्तरलाई म्यासेजमार्फत् एक स्थायी कमिटी सदस्यले बताए ।

शनिवार (आज) जारी स्थायी कमिटी बैठकमा नेपाल-भारतबीचको सीमा विवाद समाधानका विषयमा सदस्यहरूले आफ्नो धारणा राख्ने कार्यक्रम रहेको छ । सीमाकै विषयमा शुक्रवार १८ जना स्थायी कमिटी सदस्यहरूले आफ्नो धारणा राखिसकेका छन् ।

सीमापछि कोभिड १९ को नियन्त्रण र रोकथामको एजेण्डामा स्थायी कमिटी बैठक प्रवेश गर्ने कार्यक्रम रहेको छ । 

बुधवारदेखि शुरू भएको ५ औं स्थायी कमिटी बैठकको पहिलो दिन अध्यक्षद्वय ओली र प्रचण्डले आफ्नो मन्तव्य राखेका थिए । त्यसपछिका बैठकहरूमा ओलीले खासै चासो देखाएका छैनन् । 

प्रेस सल्लाहकार सूर्य थापाले ओली बैठकमा सहभागी नभएपनि बैठकमा उठेका सबै कुराहरू सुन्ने व्यवस्था गरिएको बताउँछन् ।

शुक्रवार केही सञ्चारकर्मीहरूसँग उनले भनेका थिए, 'उहाँ आवश्यक ठान्नुभयो भने बैठकमा आउनुहुन्छ, नत्र किन आउनुपर्यो । स्थायी कमिटी बैठकमा उठेका कुराहरू उहाँले सुन्ने व्यवस्था मिलाइएको छ ।'

थापाले शुक्रवार अन्य मिटिङ रहेकाले प्रधानमन्त्री ओली बैठकमा सहभागी हुन नसकेको दाबी गरेका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x