०७ साउन २०८३, बिहीबार

सल्यानमा १३ वर्षीया छोरीमाथि बलात्कारको आरोपमा बुवा पक्राउ

असार १७, २०७७
सल्यानमा १३ वर्षीया छोरीमाथि बलात्कारको आरोपमा बुवा पक्राउ
प्रतिकात्मक तस्वीर

सल्यानको शारदा नगरपालिका–१२ का एक व्यक्ति १३ वर्षीया छोरी बलात्कारको आरोपमा पक्राउ परेका छन् ।

शारदा नगरपालिका–१२ का ३९ वर्षीय पुरुषले १३ वर्षीया छोरीलाई करणी गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका डीएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए ।

‘१३ वर्षीया छोरीलाई वैशाखको पहिलो हप्तादेखि असारको पहिलो हप्तासम्म बलात्कार गर्दै आइरहेको सूचना हामीकहाँ आएको थियो,’ उनले भने, ‘बालिकाको जाहेरीका आधारमा उनलाई हामीले नियन्त्रणमा लिएका छौं ।’

पक्राउ परेका व्यक्तिविरुद्ध जबरजस्ती करणी तथा हाडनाता करणी सम्बन्धी मुद्दा दर्ता गरिएको छ । उनलाई जिल्ला अदालतबाट १० दिनको म्याद थप गरेर अनुसन्धानका लागि हिरासतमा राखिएको खतिवडाले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्