×

NMB BANK
NIC ASIA

लटरम्म फलेको टमाटर बारीमै कुहियो, बजार नपाँउदा समस्या

असार १९, २०७७

NTC
Premier Steels

बराहताल गाउँपालिकाको वडा नं. ६ मा लटरम्म फलेको टमाटर बारीमै कुहिएको छ ।

Muktinath Bank

सांसद यज्ञबहादुर विसीको छनौटमा कृषि विकास निर्देशनालयले अति विपन्न दलित लक्षित कार्यक्रम अन्र्तगत बराहतालको वडा नं. ६मा सञ्चालन गर्‍यो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उक्त कार्यक्रमबाट१७३ वटा बाख्रा वितरण भइसकेका छन भने ६ वटा वितरण हुँदैछन् ।


Advertisment
Nabil box
Kumari

दश घरमा तरकारी टनेल निर्माण गरियो । ती टनेल निर्माण गरि टमाटर खेति गरेका किसानहरु टमाटर बारीमै कुहाउन बाध्य भएका छन् ।

Vianet communication

‘हामीलाई तरकारी उत्पादन गर्न भन्दै टनेल निर्माण गरेर दिइयो । हामीले मेहनत गरेर टमाटर फलायौं,’ कृषक मिना विश्वकर्माले भनिन्, ‘तीन क्वीन्टल भन्दा बढि टमाटर बोटमै सड्यो । एक क्वीन्टल टमाटर गाउँलेलाई बाँडे ।’

यो समस्या उनको मात्रै होइन, अन्य किसानको पनि हो । उनीहरु सरकारले तरकारी उत्पादन गर भनेर सिकाउने तर उत्पादन भएको तरकारी कहाँ लैजाने भन्ने बारे केहि गर्न नसकेको बताउँछन् ।

‘हामी पर्याप्त तरकारी उत्पादन गर्छौं ।’ अर्का किसान पूर्णा थापा भन्छिन, ‘उत्पादन भएको तरकारी बारीमा नै सडने भए के को दुःख गर्नु ?’

उनले स्थानीय होस या प्रदेश सरकारले उत्पादन भएको तरकारी खरिद गरिदिनुपर्ने माग गरिन् । ‘हामी बारीमै तरकारी खेर जाने हो भने किन उत्पादन गर्नु ?’ उनले प्रश्न गर्दै भनिन, ‘हाम्रो तरकारी राज्यले जिम्मा लेओस । हामीले हाम्रो मेहनत पाएको खण्डमा थप उत्पादन बढाउन काम गर्छौं ।’

बराहताल गाउँपालिकाका उपाध्यक्ष शोभा शर्माले आगामी दिनमा तरकारी खरिद गर्ने व्यवस्था मिलाउने बताईन । ‘तपाइहरु प्रर्याप्त मात्रामा तरकारी उत्पादन गर्नुस । हामी सकेजति सहयोग गर्छौं,’ उनले भनिन् ।

सांसद यज्ञबहादुर विसीले विपन्न तथा दलित वर्गको उत्थान होस भनेर यो गाउँ छानिएको बताए ।

‘अहिले कम्तिमा केही घरमा तरकारी फलेको छ । केहि घरमा बाख्रा आएका छन्,’ उनले भने, ‘आगामी दिनमा तपाइहरु व्यवसायिक रुपमा काम गर्न लाग्नुस् । हामी सकेको सहयोग गर्न तयार छौं । बारीमा लटरम्म टमाटर पल्दा पनि बजार नपाउनु दुखद हो । बजार व्यवस्थापनका लागि म प्रदेश सरकारसँग कुरा गर्छु ।’

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

बैशाख ८, २०८१

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार योजनाको काम तीव्ररुपमा भइरहेको छ । सडक विस्तार आयोजनाले भने पुरानै शैलीका ढल व्यवस्थापनलाई निरन्तर...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x