
गण्डकी प्रदेश सरकारले पोखराको लेखनाथस्थित लायन्स सामुदायिक अस्पताललाई थप रकम उपलब्ध गराउने निर्णय गरेको छ ।
विश्वव्यापी महामारी रुपमा फैलिएको कोभिड–१९ का कारण उत्पन्न असहज परिस्थितिबीच सरकारले सो अस्पताललाई आगामी दिनमा सरुवा रोग अस्पतालको रुपमा विकास गर्ने निर्णय गरेको थियो ।
सो बमोजिम सरकारले सो अस्पतालको भौतिक पूर्वाधार निर्माण, उपकरण जडान तथा जनशक्ति व्यवस्थापनका लागि यसअघि १ करोड रुपैयाँ उपलब्ध गराइसकेको थियो ।
गण्डकी प्रदेशको शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले अस्पताललाई पुनः ७० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए ।
यसैगरी मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको अस्थायी दरबन्दी स्वीकृत गरेको छ भने लोक सेवा आयोगको ६ जना दरबन्दी स्वीकृत गरेको छ ।
निर्वाचन क्षेत्र पूर्वाधार समितिमा एउटा स्थानीय तहमा कार्यविधि, २०७६ को नियम ७ को उपनियम १२ मा स्थानीय तह लेखिएको सो हटाउने निर्णय गरेको छ ।