०६ साउन २०८३, बुधबार

छाउपडीको नयाँ रुप, छाउ बार्ने तर बसाईं छाउगोठ होइन छाउघरमा

असार २१, २०७७
छाउपडीको नयाँ रुप, छाउ बार्ने तर बसाईं छाउगोठ होइन छाउघरमा

चैकुने गाउँपालिकाको घाटगाउँमा काठैकाठको एक घर । त्यो घरको भुईंतलामा बाख्रा पालिएको छ । माथिल्लो तलामा जान लिस्नुको प्रयोग भएको छ । त्यहाँ मच्छरदानी, सोलार बत्ती र पंखाको व्यवस्था छ । सरसर्ती हेर्दा परम्परादेखि चल्दै आएको छाउ गोठ यहाँ नभएको अनुमान गर्न सकिन्छ । तर यहाँका महिला अहिले सुविधासम्पन्न यो घरमा बस्दै आइरहेको छन् ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतमा प्रमुख जिल्ला अधिकारीको रुपमा बसन्त अधिकारी आए । उनी आफैंमा रुढीवादी परम्पराको विरोधी थिए नै, उनलाई साथ दिने शाखा अधिकृत उत्तम शर्मा पनि सुर्खेतमै थिए । गत वर्ष सरकारले सामाजिक कुप्रथाको रुपमा रहेको छाउगोठ भत्काउने अभियान तिव्रताका साथ अघि बढायो ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतले गृहमन्त्रालयको आदेश भन्दै गाउँगाउँमा रहेका छाउगोठ भत्काउन प्रहरी नै परिचालन गरेर छाउगोठ भत्कायो । अहिले भत्काएको स्थानमा पहिलेृ जस्तो छाउगोठ देखिदैनन् । अहिले सोलार राखिएका, घरको माथिल्लो तलामा छाउ भएका महिलाहरुलाई बसाल्ने गरिएको पाइएको छ । त्यो घरलाई अहिले सामुहिक छाउघर भनिन्छ । त्यहि घरमा रजस्वला भएको पाँच दिनसम्म महिलाहरु ब्स्नुपर्ने अवस्था अहिले सिर्जना भएको छ ।

घरदेखी अलग्गै बनाएको साँघुरो छाउगोठमा महिनावरी भएको बेला बसाल्दा महिलालाई सर्पले टोक्ने, बलात्कृत हुने र निस्सासिएर मृत्यु हुने घटना बढेपछि सरकारले गत पुसमा छाउपडी उन्मुलन अभियान थालेर छाउगोठ भत्काएको थियो । सुर्खेतमा अभियानका क्रममा झण्डै दुईहजार छाउगोठ भत्काइएको थियो । परम्परागत रुपमा चल्दै आएको कुप्रथा केही हदसम्म निर्मुल भएपनि पूर्ण रुपमा अन्त्य गर्न स्थानीय सरकारले सचेतनामुलक अभियानहरु जारी राखेको दावी गरेका छन् ।

फेरियो अवस्था,महिलालाई सुरक्षा

चौकुने गाउँपालिका वडा नं. ९ की माता विकले अहिले सुरक्षित रुपमा आफूहरु छाउघरमा बस्दै आइरहेको बताइन । ‘घरमा बस्दा देवताले मान्दैन । हाम्रा छोरी बुहारी सबै त्यहि सामुहिक छाउघरमा बस्छन्,' उनी भन्छिन्, ‘हामी जीवन जिउञ्जेल सरकारको कानून मान्दै छाउ प्रथा मान्न बाध्य छौं । सरकारको नियम मात्रै मान्दा हामीलाई समाजले नै समस्या पारेको छ ।’

यता, चौकुने गाउँपालिका वडा ९ का अध्यक्ष नवराज जैसीले आफूहरुले बारम्बार छाउ नबार्न भनेपनि निषेध गर्न नसकेको स्वीकार गरे । ‘नबार्नुस भन्छौं कोही मान्दैन् । उनीहरुमाथि बल प्रयोग गर्न पनि सकिदैन,' उनले भने, ‘अब हामी कसैलाई पनि ज्यानमारा छाउगोठमा बस्न दिदैंनौं । जनचेतना अभिवृद्धि गर्न थप कार्यक्रम ल्याउँछौं ।’

महिनावारी भएको समयमा घरपरिवारमा छोए अनिष्ट हुने, देवीदेवता रिसाउने, पाप लाग्छ भन्नेजस्ता रुढीबादी र अन्धविश्वासले कर्णालीका पहाडी जिल्लामा महिनावरी भएको बेला अलग्गै गोठमा बस्ने परम्परा कायमै छ । विगत भन्दा अहिले केहि फरक अवस्था छ तर त्यो पर्याप्त छैन ।

salt training

कमेन्ट गर्नुहोस्