०६ असार २०८३, शनिबार

यसकारण काठमाडौं उपत्यकामा काेराेनाकाे जोखिम बढ्यो- डा. रवीन्द्र पाण्डे

यसकारण काठमाडौं उपत्यकामा काेराेनाकाे जोखिम बढ्यो- डा. रवीन्द्र पाण्डे

-संक्रमित जिल्लाबाट विभिन्न भित्रि बाटो हुँदै हजारौं व्यक्ति काठमाडौं आइरहेका छन् | उनीहरुलाई क्वारेन्टाइनमा राखिएको छैन।

-काठमाडौं उपत्यकाका अधिकांश अस्पतालमा उपचार तथा शल्यक्रिया गर्नुपूर्व पीसीआर टेस्ट गर्दा धेरै व्यक्तिमा कोरोना संक्रमण पोजिटिभ देखिएको छ।

-काठमाडौंका हरेक जसो ठाउँमा संक्रमित फाट्टफुट्ट देखिएका छन्।
-ट्राभल हिस्ट्री तथा कन्ट्याक्ट हिस्ट्री नभएका बालबालिकादेखि सबै उमेरका व्यक्तिमा संक्रमण पाइएको छ।

-दर्जनौं स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई कोरोना संक्रमण भएको छ।

-विदेशबाट चार्टर फ्ल्याइटमा आइरहेका व्यक्तिलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राखिएको छैन। जसले गर्दा उनीहरु घरमा पुगेपछि संक्रमित देखिएका छन्।

-बजारमा भीडभाड गर्ने, व्यक्तिगत दुरी कायम गर्ने, मास्क लगाउने जस्ता सुरक्षा विधिको अनुगमन र कारबाही गरिएको छैन।

-सबैभन्दा ठूलो कुरा ४० लाख जनसंख्या भएको काठमाडौं उपत्यकामा एकदम न्यून मात्रामा कोरोना टेस्ट गरिएको छ। जति धेरै परीक्षणको दायरा बढायो, त्यति धेरै संक्रमितको पहिचान हुन्छ। जति धेरै संक्रमितको पहिचान भयो संक्रमितलाई आइसोलेसनमा राखेपछि त्यति धेरै स्वास्थ्य व्यक्तिलाई कोरोना संक्रमण सर्दैन।

- स्वास्थ्य मन्त्रालय गुणस्तरहीन थोरै सामग्री किनेर अर्बाैंका बिल बनाउन व्यस्त छ। सरकारलाई कोरोना संक्रमण रोकथामबारे सोंच्नेसम्म फुर्सद छैन।

- आमनागरिकमा डर तथा सतर्कता हराउदै गएको छ। सहि तरिकाले मास्क लगाउनेको संख्या धेरै कम छ। भौतिक दुरी पटक्कै कायम भएको छैन। थुक्ने बानी उस्तै छ। हात धुने, स्यानिटाइजर प्रयोग गर्ने जस्ता सुरक्षाविधिलाई झारा टार्ने प्रवृतिको रुपमा स्थापित छ |

समाधानका उपाय –
-उपत्यका शिल गर्ने।
- यहाँ आउनुपर्ने बाध्यता भएका व्यक्तिलाई कि पीसीआर टेस्ट गर्ने कि क्वारेन्टाइनमा राख्ने।

- विदेशबाट नेपाल आएका व्यक्तिहरुलाई अनिबार्य रुपमा पीसीआर टेस्ट गर्ने। संक्रमितलाई आइसोलेसनमा राख्ने। नेगेटिभ रिपोर्ट आए घर पठाउने अनि होम क्वारेन्टाइनमा राख्ने।

- सहि तरिकाले मास्क लगाउने, व्यक्तिगत दुरी कायम गर्ने, भीडभाड नगर्ने जस्ता उपायलाई अनुगमन र जरिवाना गर्ने।

- बैंक, कर कार्यालय, वडा कार्यालय, यातायात कार्यालय, मालपोत, अस्पताल आदि ठाउँमा समय लिएर मात्र सेवा लिने / दिने।

- अनलाइन प्रविधिलाई सकेसम्म बिस्तार गर्ने | गाहकलाई प्रशिक्षित गर्ने | टेलिमेडिसिनको विस्तार गर्ने।

- यस्तो विपद्मा पनि अनियमित काम गर्ने तथा आफ्नो जिम्मेवारी बहन नगर्ने पदाधिकारीलाई पदमुक्त गर्न दवाव दिने। कानुनी कारबाहीको लागि नागरिकले पहल गर्ने।

- प्रत्येक वडा कार्यालय, नगरपालिका, महानगरपालिका, सांसद, अस्पताल, स्वास्थ्य मन्त्रालय तथा सरकारलाई दवाव दिएर पीसीआर टेस्ट को दायरा बढाउन जनताले पहल गर्ने। पुलिङ्ग मेथडबाट टेस्ट गर्न दवाव दिने। निजी प्रयोगशालामा पीसीआर टेस्ट गर्न दवाव दिने। दवाव बिना परिक्षणको दायरा बढ्ने लक्षण देखिएन।

- तरकारी बजारदेखि भीडभाडमा किनमेल गर्न नजाने। नागरिक आफैले सुरक्षाविधि अपनाउने। जेष्ठ नागरिक तथा दीर्घ बिरामीलाई घरभित्र पनि आइसोलेसनमा राख्ने।

salt training

कमेन्ट गर्नुहोस्