
लमजुङ सदरमुकाम बेशीशहरमा पहिरोमा परी एकै परिवारका ३ जनाको मृत्यु भएको छ । ३ जना घाइते छन् ।
बेशीशहर नगरपालिका–७, सातबिसेमा बिहीबार राति स्थानीय दीपक तामाङको घर पहिरोले पुरिँदा परिवारका ३ जनाको मृत्यु भएको हो ।
लमजुङ प्रहरीका अनुसार मृत्यु हुनेमा ३२ वर्षीय दीपक तामाङ सहित उनकी श्रीमती अन्दाजी २६ वर्षीया वीमाया तामाङ र छोरा ९ वर्षीय छेवाङ तामाङ छन् ।
घाइतेको जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।