२२ असार २०८३, सोमबार

पहिरोले पोखराको छोरेपाटनमा ३ जना घाइते

असार २६, २०७७
पहिरोले पोखराको छोरेपाटनमा ३ जना घाइते
फाइल तस्वीर

पोखराको छोरेपाटनस्थित सिमलटुँडामा पहिरोमा परी ३ जना घाइते भएका छन् । 

स्थानीय चन्द्रबहादुर मगरको घरमाथिबाट खसेको पहिरोमा परी उनीसहित श्रीमती शान्ति र छोरा सुशान मगर सामान्य घाइते भएका छन्।

घाइतेहरुको उपचारार्थ पोखरा बिरौटास्थित नमस्ते अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए।

अविरल वर्षासँगै पोखरामासेती नदीको बहाव बढ्दा रामघाटस्थित सुकुम्वासी बस्ती डुबानमा पर्ने खतरा रहेकोले गएराति माइकिङ गरी अन्यत्र सुरक्षितस्थान सारिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्