×

NIC ASIA

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १२ सय नजिक पुगेको छ । प्रदेशमा शनिबार १४ नयाँ संक्रमित थपिएका छन् । उनीहरूसबै पुरुष हुन् । योसँगै कुल संक्रमित संख्या १ हजार १ सय ७६ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । 

Muktinath Bank

क्षयरोग उपचार केन्द्र, पोखरामा २ सय ६७ जना र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ सय ३९ नमुना परीक्षण भएकोमा ती संक्रमित फेला परेको निर्देशनालयले विज्ञप्तिमार्फत पुष्टि गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा पोखरा महानगरपालिकाका २ सय जना पुरुषमा कोरोना संक्रमण देखिएको छ । उनीहरू वर्ष २५ र ८९ का हुन् । 


Advertisment
Nabil box
Kumari

यस्तै, क्षयरोग उपचार केन्द्रमा भएको परीक्षणमा तनहुँका ४, बागलुङ र स्याङ्जाका ३–३ र म्याग्दीका २ जनामा कोरोना देखिएको छ । 

Vianet communication

तनहुँको व्यास नगरपालिकाका ३५ वर्षीय पुरुष, बन्दीपुरका १६ र १९ वर्षीय पुरुष, शुक्लागण्डकीका ३३ वर्षीय पुरुषको नमुना परीक्षणमा पोजेटिभ रिपोर्ट आएको छ । 

बागलुङको बडीगाड गाउँपालिकाका १९ वर्षीय पुरुष, गल्कोटका २५ र ३५ वर्षीय पुरुषमा पनि कोरोना भाइरस देखिएको छ । 
स्याङ्जाको चापाकोट, वालिङ नगरपालिका र कालीगण्डकी गाउँपालिकाका १–१ जना पुरुषमा कोरोना देखिएको हो । चापाकोटका वर्ष २९, वालिङका वर्ष २० र कालीगण्डकीका वर्ष १९ का पुरुष हुन् । 

उता, म्याग्दीको रघुगंगा र अन्नपूर्णका समान ३० वर्षका पुरुषमा कोरोना देखिएको छ । 

प्रदेशका ११ जिल्लामध्ये सबैभन्दा बढी संक्रमित चार जिल्लाहरूतनहुँ, बागलुङ, स्याङ्जा र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) हुन् । ती जिल्लामा संक्रमित संख्या १ सय ५० नाघेको छ । सबैभन्दा बढी नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा २ सय ६३, बागलुङमा २ सय १५, स्याङ्जामा १ सय ८८ र तनहुँमा १ सय ५० जना कोरोना संक्रमित छन् । 

प्रदेशमा हालसम्म १९ हजार ७ सय ३२ नमुना संकलन भएको छ । संक्रमित  १ हजार  १ सय ७६ जनामध्ये  ६ सय ३३ जना निको भएका छन् भने ४ जनाको मृत्यु भएको छ । १ सय ९८ जनाको नतिजा आउन बाँकी रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x