पुस २५, २०८०
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
गएराति तनहुँमा पहिरोले घर भत्किँदा १ किशोरीको मृत्यु भएको छ । पहिरोमा ५ जना बेपत्ता छन् भने १ घाइते छन् । अविरल वर्षापछि तनहुँको म्याग्दे गाउँपालिका र रिसिङ गाउँपालिका गरी फरक फरक स्थानमा पहिरोले घर पुरेको हो ।
म्याग्दे गाउँपालिका वडा ६, बेलौतेडाँडामा घरमाथिबाट आएको पहिरोले घरको भित्ता पुरिँदा १७ वर्षीया किशोरी लक्ष्मी विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहँुले जनाएको छ ।
राति पौने १ बजे गएको पहिरोले घाइते भएकी लक्ष्मीको उपचारार्थ रत्नहरि अस्पताल दमौली लगिएकोमा उपचारक्रममा सोमबार बिहान सवा ५ बजे मृत्यु भएको हो ।
उता, रिसिङ गाउँपालिका वडा ८, पल्टयाङ भैसिलिकीका अनबहादुर थापाको २ वटा घर पहिरोले पुरिँदा ५ जना बेपत्ता भएका छन् । पहिरोले अनबहादुरकी श्रीमती ६० वर्षीया ज्योतिमाया थापा घाइते छिन् ।
राति साढे १ बजे घरमाथिबाट आएको पहिरोले घर पुरिँदा उनका जेठा छोरा ३० वर्षीय भेषबहादुर, बुहारी २९ वर्षीया नानुमाया, नातिनी ५ वर्षीया अमिषा बेपत्ता भएको प्रहरी नायव उपरीक्षक राजेन्द्रबहादुर रेग्मीले जानकारी दिए ।
यस्तै, अनबहादुरका कान्छा छोरा २२ वर्षीय महादेव र बुहारी १९ वर्षीया मनिसरा पनि बेपत्ता छन् ।
बेपत्ताको जिल्ला प्रहरी कार्यालय तनहुँको टोलीले स्थानीयको सहयोगमा खोजी जारी राखेको छ । अर्को घरमा सुतिरहेको अवस्थामा राति आएको पहिरोले घाइते भएकी ज्योतिमायालाई उपचारार्थ भीमादतर्फ पठाइएको छ । बेपत्ता ५ जना नजिकैको छुट्टै घरमा सुतेका थिए ।
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...