×

NIC ASIA

सशस्त्रका उच्च अधिकारीको यौनकाण्डले बढायो सुरक्षा चिन्ता

साउन १, २०७७

Prabhu Bank
NTC
Premier Steels

प्रहरी संगठनलाई जनताको रक्षक ठानिन्छ । तर रक्षक नै भक्षक भएको घटनामा पोखरामा सार्वजनिक भएको छ ।

Muktinath Bank

शान्तिसुरक्षा प्रतिबद्धताको मूल नारा लिई स्थापित सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को यौन काण्डले पोखरा बजार तातेको छ । खाना खान बोलाई २७ वर्षीया युवतीलाई ती एसएसपीले बलात्कार गरेको संगीन अभियोग उनीमाथि परेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सशस्त्र प्रहरी बल हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटन, पोखरामा कार्यरत एसएसपी राजेन्द्रकुमार अधिकारीलाई कास्की प्रहरीले बलात्कार आरोपमा बुधबार नियन्त्रणमा लिएको हो ।


Advertisment
Nabil box
Kumari

आफू बालात्कृत भएको भन्दै जिल्ला प्रहरीमा ती महिलाले उजुरी दिएपछि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) जीवनराम श्रेष्ठले पुष्टि गरे ।

Vianet communication

पीडित महिलाले बुधवार दिउँसो ३ बजेतिर प्रहरीको कन्ट्रोल नम्बर १०० मा फोन गरेर घटनाबारे जानकारी दिएको र मौखिक उजुरी आधारमा प्रहरीले घटनास्थलमै पुगेर एसएसपी अधिकारीलाई पक्राउ गरेको हो । एसपी श्रेष्ठ नै पक्राउका लागि घटनास्थल पुगेका थिए । तर सुरुवातमा उनी क्वार्टरमा नभेटिएपछि खोजी सुरु भएको थियो । एसएसपी अधिकारी नजिकैको झाडीमा लुकेको अवस्थामा फेला परेका हुन् ।

यता, पीडित भनिएकी ती महिलाको स्वास्थ्य जाँच, प्रमाण संकलन तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनायो ।

स्याङ्जाका अधिकारी १ वर्षदेखि लामापाटनमा कार्यरत थिए । एसएसपी अधिकारी मंगलवार मात्र प्रहरी प्रधान कार्यालय काठमाडौंको कार्य तथा सीमा विभागमा सरुवा भएका थिए । उनी साउन १ मा सो ठाउँमा हाजिर हुनु अघिल्लो दिन बलात्कार आरोपमा फन्दामा परेका हुन् । 

जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी सुभाष हमालका अनुसार एसएसपी अधिकारीले ती महिलालाई खाना खान भनी लामापाटनस्थित क्वार्टर बोलाएका थिए । ती युवती स्कूटर चढेर बिहान १० बजेतिर त्यहाँ पुगेकी थिइन् । खानामा लठ्याउने खानेकुरा दिएपछि आफूलाई बलात्कार गरेको भन्दै ती महिलाले कन्ट्रोलमा रुँदै जानकारी दिएपछि प्रहरीले लामापाटन परिसरबाटै उनको उद्धार गरेको थियो । 

अपराध नियन्त्रण र शान्तिसुरक्षामा खटिएर कानून कार्यान्वयन अभिभारा बोकेका सशस्त्र प्रहरीका उच्च अधिकारी स्वयं नै यौन काण्डमा मुछिनुले पवित्र संगठन माथि नै लज्जावोध गराउने काम भएको अन्य प्रहरीको चिन्ता छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x